चुनावी तालमेलका विषयमा कांग्रेसभित्र दुई धार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २७, २०७८
|
|
२२ पटक हेरिएको
Shares
चुनावी तालमेलका विषयमा कांग्रेसभित्र दुई धार

सारांश

  • काठमाडौं।
  • स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र विवाद बढेको छ ।
  • कांग्रेसको संस्थापन पक्ष आगामी तीनै तहका निर्वाचनमा सत्तारूढ गठबन्धन आबद्ध दलबीच चुनावी तालमेलको पक्षमा छ भने संस्थापन इतर पक्ष तालमेल गर्नै नहुने पक्षमा छ ।

काठमाडौं। स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र विवाद बढेको छ ।

कांग्रेसको संस्थापन पक्ष आगामी तीनै तहका निर्वाचनमा सत्तारूढ गठबन्धन आबद्ध दलबीच चुनावी तालमेलको पक्षमा छ भने संस्थापन इतर पक्ष तालमेल गर्नै नहुने पक्षमा छ । कांग्रेसले आधिकारिक रूपमा निर्वाचनमा कसरी जाने भन्ने विषयमा भने बोलेको छैन ।

कांग्रेसभित्र १४औं महाधिवेशनपछि इतर पक्षको नेतृत्व गर्दै आएका डा। शेखर कोइरालाले कांग्रेस कसैलाई जिताउन स्थानीय तहको निर्वाचनमा तालमेल गर्न अघि सर्न नहुने बताउँदै आइरहेका छन् । उनकै आशयलाई कांग्रेस उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाले पनि साथ दिँदै आइरहेका छन् ।

तर, सभापति शेरबहादुर देउवाले भने तीनै तहको निर्वाचनमा सत्ताधारी दलबीच तालमेल हुने संकेत गरेका छन् । बिहीबार वीरगन्जमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले निर्वाचनमा गठबन्धनबीच तालमेल हुन्न भनेर कसैलाई नचिढ्याउन पार्टीका नेताकार्यकर्तालाई निर्देशन नै दिए ।

‘गठबन्धनका साथीहरूको सहयोगले म प्रधानमन्त्री भएको हुँ, कांग्रेस सरकारको नेतृत्वमा पुगेको हो, गठबन्धनका साथीहरूलाई बेवास्ता गर्न मिल्दैन, बोल्दा कसैलाई पनि नचिढ्याउँ,’ देउवाले सम्बोधनका क्रममा भने ।

सो क्रममा उनले केन्द्रदेखि स्थानीय तहसम्म गठबन्धन आबद्ध दलहरूबीच तालमेलका विषयमा छलफल हुने भन्दै वर्तमान निर्वाचन प्रणालीमा कुनै पार्टीले एक्लै बहुमत ल्याउन नसक्ने दाबी गरे ।
कांग्रेस नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासमेत आगामी निर्वाचनमा गठबन्धन आबद्ध दलबीच तालमेल हुनुपर्ने पक्षमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोल्डेन गार्डेन स्कुलमा सरस्वती पुजा (हेर्नुहोस् ५ तस्बिरमा)
गोल्डेन गार्डेन स्कुलमा सरस्वती पुजा (हेर्नुहोस् ५ तस्बिरमा)
कोरोना भाइरसका कारण ३० प्रतिशतले वायु प्रदुषणमा कमी
कोरोना भाइरसका कारण ३० प्रतिशतले वायु प्रदुषणमा कमी
ट्रम्प–किमको शीतयुद्धमा सी जिन पिङको भूमिका के ?
ट्रम्प–किमको शीतयुद्धमा सी जिन पिङको भूमिका के ?
राजपालाई कसैले फुटाउन सक्दैन, त्यो दिवा सपना होः महतो
राजपालाई कसैले फुटाउन सक्दैन, त्यो दिवा सपना होः महतो
भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न सरकार दृढ : प्रधानमन्त्री ओली
भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न सरकार दृढ : प्रधानमन्त्री ओली
नेपाली जनताका नायक स्वर्गीय  मदन भण्डारी को आज ६६ औ जन्मज्यन्ती-सन्जीव कुमार झा
नेपाली जनताका नायक स्वर्गीय मदन भण्डारी को आज ६६ औ जन्मज्यन्ती-सन्जीव कुमार झा
गोंगबु हत्या कान्ड भित्रको पूर्ण रहस्य
गोंगबु हत्या कान्ड भित्रको पूर्ण रहस्य
दुनियाको सबैभन्दा कठिन व्रत : छठ पर्व आइतवारबाट सुरु हुदै…
दुनियाको सबैभन्दा कठिन व्रत : छठ पर्व आइतवारबाट सुरु हुदै…
वार्ताका विषयमा अडान लिन बार्ता टोलिलाई गगनको प्रशिक्षण।
वार्ताका विषयमा अडान लिन बार्ता टोलिलाई गगनको प्रशिक्षण।
प्रदेशमा एमाले र माओवादीको भागबण्डा मिल्यो, प्रदेश र जिल्ला कमिटी कसलाई कति ? (सूचीसहित)
प्रदेशमा एमाले र माओवादीको भागबण्डा मिल्यो, प्रदेश र जिल्ला कमिटी कसलाई कति ? (सूचीसहित)

तपाईंले छुटाउनुभयो कि?