आगामी असोज १ देखि द्रुत बस सेवा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ४, २०८०
|
|
३७ पटक हेरिएको
Shares
आगामी असोज १ देखि द्रुत बस सेवा

सारांश

  • काठमाडौँ ।
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी असोज १ देखि भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने भएको छ ।
  • काठमाडौँ उपत्यकामा अत्यधिक सवारीसाधनको चापका कारण यात्रु सार्वजनिक यातायातमा समयमै गन्तव्य पुग्न कठिन भएपछि मन्त्रालयले द्रुत बस सेवा सञ्चालनको व्यवस्था गर्न लागेको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बताए ।

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी असोज १ देखि भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ उपत्यकामा अत्यधिक सवारीसाधनको चापका कारण यात्रु सार्वजनिक यातायातमा समयमै गन्तव्य पुग्न कठिन भएपछि मन्त्रालयले द्रुत बस सेवा सञ्चालनको व्यवस्था गर्न लागेको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बताए । पहिलो चरणमा भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म बस सञ्चालन गर्न लागिएको उनले बताए । उनले भने, “आगामी दिनमा अन्य रुटमा पनि चलाउन सकिनेछ ।”

मन्त्रालयले राम्रो अवस्थाका र क्षमताका निजी कम्पनीका बस छनोट गरी दु्रत बस सेवा सुरु गर्न लागेको हो । तत्कालका लागि द्रुत बस सेवा सवारीसाधनको चाप बढी हुने समय बिहान ९ः०० देखि ११ः०० र साँझ ४ः०० देखि ६ः०० बजेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ । त्यसका लागि ४० सिटभन्दा माथिका करिब २५ बस सञ्चालनमा ल्याउने तयारी गरिएको मन्त्रालयका सचिव केशव शर्माले बताए ।

दु्रत बस सञ्चालनका लागि सडकको लेन छुट्टै व्यवस्था गरिने मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए । बसको आकार र रङ अरुभन्दा फरक हुने गरी द्रुत बस सेवा सञ्चालनको तयारी भइरहेको उनले बताए ।

दु्रत बस सेवाको सडक लेन बनाउन मन्त्री ज्वालाले सडक विभागलाई र बसको आकार प्रकार, सफाइ र सञ्चालन अनुमतिका लागि व्यवस्था मिलाउन यातायात व्यवस्था विभागलाई निर्देशन दिए ।

अहिले कार्यालय समयमा सूर्यविनायकबाट रत्नपार्कसम्म सार्वजनिक यातायातमा आउँदा झन्डै डेढ घन्टा लाग्ने गरेको छ । द्रुत बस सेवा सञ्चालन भएपछि अत्यधिक जामको बेला पनि ४५ मिनेटमा पुग्न सकिने गरी यातायात सञ्चालन हुने यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भने ।

मन्त्री ज्वाला, राज्यमन्त्री नन्दा चपाईँ, सचिव शर्मा, सहसचिव अर्जुन थापा, यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, सडक विभागका उपमहानिर्देशक रामहरी पोखरेल, ट्राफिक प्रहरीका कार्यालयका प्रतिनिधि र यातायात व्यवसायी महासङ्घका पदाधिकारीसहितको बैठकले द्रुत बस सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।

दु्रत बस सेवाका लागि मोबाइल एप पनि बनाइने भएको छ । द्रुत बस कुन समयमा कुन ठाउँमा आइपुग्छ त्यसको जानकारी एपबाट हेर्न मिल्ने गरी बनाउन लागिएको छ । हालका लागि अरु सवारीसाधनमा तोकिएकै भाडादर कायम हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अरिंगाल, मौरीपछि बिरालोको म्याउ : प्रमका सल्लाहकारको एक अक्षर गल्ती हुँदा अाक्रमण !
अरिंगाल, मौरीपछि बिरालोको म्याउ : प्रमका सल्लाहकारको एक अक्षर गल्ती हुँदा अाक्रमण !
पानीको बहाव बढ्दै गएपछि सप्तकोशीका ४१ ढोका खोलिए
पानीको बहाव बढ्दै गएपछि सप्तकोशीका ४१ ढोका खोलिए
नागरिकतासम्बन्धी कार्यविधिमा एनआरएनका सुझाव समेटिन्छन् : प्रधानमन्त्री
नागरिकतासम्बन्धी कार्यविधिमा एनआरएनका सुझाव समेटिन्छन् : प्रधानमन्त्री
लैङ्गिक हिंसाको तथ्याङ्क डरलाग्दो
लैङ्गिक हिंसाको तथ्याङ्क डरलाग्दो
मिति गुज्रिएको पाउडर दुधमा मख्खन घोलेर बेच्ने  गरेको खुलासा
मिति गुज्रिएको पाउडर दुधमा मख्खन घोलेर बेच्ने गरेको खुलासा
टुटल र पठाओलाई यथावत् रूपमा सञ्चालन हुने
टुटल र पठाओलाई यथावत् रूपमा सञ्चालन हुने
कांग्रेसका पूर्वसभासद शेर्पाले गरे प्रहरीमा आत्मसमर्पण
कांग्रेसका पूर्वसभासद शेर्पाले गरे प्रहरीमा आत्मसमर्पण
कोरोनाभाइरसको ‘उच्च अवस्था’सँग जुझ्न अमेरिका सक्षम रहेको ट्रम्पको दाबी
कोरोनाभाइरसको ‘उच्च अवस्था’सँग जुझ्न अमेरिका सक्षम रहेको ट्रम्पको दाबी
उपेन्द्र यादवले सरकार नछोड्ने भएपछि पार्टीभित्र भाँडभैलो
उपेन्द्र यादवले सरकार नछोड्ने भएपछि पार्टीभित्र भाँडभैलो
बिमस्टेक परराष्ट्र मन्त्रीस्तरिय बैठक : ग्रीड इन्टरकनेक्सन संगै अपराध, मानव तस्करीमा शुन्य सहनशिलता अपनाउने
बिमस्टेक परराष्ट्र मन्त्रीस्तरिय बैठक : ग्रीड इन्टरकनेक्सन संगै अपराध, मानव तस्करीमा शुन्य सहनशिलता अपनाउने