चेम्बर पदाधिकारीद्वारा उपराष्ट्रपति यादवसँग आर्थिक विषयमा छलफल

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २०, २०७९
|
|
४७ पटक हेरिएको
Shares
चेम्बर पदाधिकारीद्वारा उपराष्ट्रपति यादवसँग आर्थिक विषयमा छलफल

सारांश

  • काठमाडौँ ।
  • नेपाल चेम्बर अफ कमर्सको पदाधिकारीले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भेटवार्ता गरेका छन् ।
  • काठमाडौँको लैनचौरस्थित उपराष्ट्रपतिको निवासमा चेम्बरले नवनियुक्त उपराष्ट्रपति यादवलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिएको हो ।

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारीले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भेटवार्ता गरेका छन् । काठमाडौँको लैनचौरस्थित उपराष्ट्रपतिको निवासमा चेम्बरले नवनियुक्त उपराष्ट्रपति यादवलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिएको हो ।

चेम्बर पदाधिकारीसँगको भेटमा उपराष्ट्रपति यादवले अर्थतन्त्रको वर्तमान अवस्था जोखिममा रहेको बताए । तरलता अभाव, उच्च ब्याजदर, पूँजिगत खर्च समयमै हुन नसक्ने, बेरोजगारीजस्ता समस्याको दिगो समाधान खोज्न सकिए मात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने उपराष्ट्रपति यादवको भनाइ छ ।

उपराष्ट्रपति यादवले भने, “अर्थतन्त्रमा हाल देखिएका समस्याको दीर्घकालिन समाधान खोज्न जरुरी छ, ।” सरकार र निजी क्षेत्रबीच निरन्तर सहकार्य गर्न आवश्यकसमेत रहेकोमा उनले जोड दिए ।

चेम्बर अफ कमर्सले दिएको सुझावलाई आफूले सरकारी निकायमा ध्यानाकर्षण गराउने उपराष्ट्रपति यादवले प्रतिबद्धता जनाए । मुलुकमा बास्तविक तथ्याङ्कको अभावमा सरकारी लगानीको प्रतिफल आउन नसकेको उपराष्ट्रपति यादवले गुनासो गरे । निजी क्षेत्रले पनि सरकारको सारथीको रुपमा अध्ययन अनुसन्धानमा सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

सरकारले आर्थिक, औद्योगिक, सामाजिक एवं अन्य क्षेत्रमा लगानी गर्नुअघि वास्तविक तथ्याङ्क खोज्नुपर्ने उनको भनाइ छ । उपराष्ट्रपति यादवसँगको भेटमा चेम्बर अध्यक्ष मल्लले आर्थिक विकास र समृद्धिका लागि समन्वयकारी भूमिका निर्वाह गरीदिन आग्रह गरे । अध्यक्ष मल्लले भने, “बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गतिलिन सकेको छैन । पछिल्लो समय उच्च ब्याजदरका कारण उद्यमी व्यवसायी एवं सर्वसाधारण ऋणीमा गम्भीर असर गरेको छ, ।”

पूँजिगत खर्च हुन नसक्ने समस्यालगायतले आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन नसकेको अध्यक्ष मल्लले बताए । सरकारी सेवालाई चुस्त र प्रभावकारी बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । राजस्व विभाग, राहदानी विभाग, यातायात कार्यलयजस्ता क्षेत्रमा टाइमबाउन्ड लागू हुनुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिम रावलकाे उम्मेद्वारी संकटमा, रद्ध हुन सक्ने
भिम रावलकाे उम्मेद्वारी संकटमा, रद्ध हुन सक्ने
जनतालाई गरीबीमा राखेर शान्ति कल्पना गर्न सकिँदैनः अध्यक्ष दाहाल
जनतालाई गरीबीमा राखेर शान्ति कल्पना गर्न सकिँदैनः अध्यक्ष दाहाल
सावधानः यी प्रतिबन्धित जुस बजारमा खुलेआम बिक्रि भइरहेका छन्
सावधानः यी प्रतिबन्धित जुस बजारमा खुलेआम बिक्रि भइरहेका छन्
सङ्कटको समयमा महत्वपूर्ण कामको जिम्मा सुरक्षा निकायलाई नै दिइन्छः गृहमन्त्री (अन्तर्वार्ता)
सङ्कटको समयमा महत्वपूर्ण कामको जिम्मा सुरक्षा निकायलाई नै दिइन्छः गृहमन्त्री (अन्तर्वार्ता)
वर्षौं पुरानो हो अमेरिका–इरानको दुश्मनी, यस्तो छ १९५० देखि अहिलेसम्मको इतिहास
वर्षौं पुरानो हो अमेरिका–इरानको दुश्मनी, यस्तो छ १९५० देखि अहिलेसम्मको इतिहास
आफ्नै नीतिविपरीत निगम : मासिक नाफा ६० करोड, मूल्य समायोजनमा अनिच्छुक
आफ्नै नीतिविपरीत निगम : मासिक नाफा ६० करोड, मूल्य समायोजनमा अनिच्छुक
पोर्चुगल जर्जियासँग स्तब्ध
पोर्चुगल जर्जियासँग स्तब्ध
राजधानीमा आज कोरोनाबाट दुई महिलाको मृत्यु भएको पुष्टि
राजधानीमा आज कोरोनाबाट दुई महिलाको मृत्यु भएको पुष्टि
चट्याङ लागेर एकको मृत्यु, १० घाइते
चट्याङ लागेर एकको मृत्यु, १० घाइते
नेपाल र बङ्गलादेश आज भिड्दै, नेपालले सचेत भएर खेल्ने
नेपाल र बङ्गलादेश आज भिड्दै, नेपालले सचेत भएर खेल्ने