चोलेन्द्र शमसेरलाई प्रधानन्यायाधीश बनाउँने यस्तो छ तयारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १६, २०७५
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौ,१६ मंसिर ।
  • प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अवकाश पाउनुभन्दा ठीक एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुने भएको छ ।
  • त्यसका लागि सोमवार संवैधानिक परिषद बैठक बस्दैछ ।

काठमाडौ,१६ मंसिर । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अवकाश पाउनुभन्दा ठीक एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुने भएको छ । त्यसका लागि सोमवार संवैधानिक परिषद बैठक बस्दैछ । मिश्रले उमेरका कारण पुस १७ गते अवकाश पाउँदैछन् । संविधानअनुसार प्रधानन्यायाधीश पद रिक्त हुनु एक महिनाअघि संवैधानिक परिषदले नयाँ व्यक्तिको सिफारिस गर्न लागेको हो ।

संवैधानिक परिषदका सदस्यहरुलाई मंसिर १७ गते सोमवार  विहान ११ बजे बैठक बस्ने जानकारीसहित पत्राचार गरिएको प्रधानमन्त्री तथा संवैधानिक परिषदको कार्यालयले जनाएको छ ।यसअघि नै न्यायपरिषद सचिवालयले प्रधानन्यायाधीश हुन योग्यता पुगेका दुई न्यायाधीश चोलेन्द्र शमसेर जबरा र दीपकराज जोशीको व्यक्तिगत विवरण संवैधानिक परिषदमा पठाइसकेको छ । जसमा दीपकराज जोशी यसअघि संसदीय सुनुवाइबाट अस्वीकृत भएको कैफियतसहित जानकारी दिइएको छ ।

यसअघि संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भइसकेपछि संवैधानिक परिषदले जोशीको ठाउँमा ओमप्रकाश मिश्रलाई सिफारिस गरेको थियो । स्रोतका अनुसार नयाँ प्रधानन्यायाधीशमा चोलेन्द्र शमसेर जबरा सिफारिस हुँदैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?