सात स्थानमा झोलुंगे पुल निर्माण, स्थानीयवासीलाई सहज

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १२, २०७४
|
|
४३ पटक हेरिएको
Shares
सात स्थानमा झोलुंगे पुल निर्माण, स्थानीयवासीलाई सहज

सारांश

  • रत्ननगर (चितवन), १२ साउन ।
  • चितवनमा विभिन्न सात स्थानमा झोलुंगे पुल निर्माण सम्पन्न गरिएको छ ।
  • अधिकांश पुल चितवनको पहाडी क्षेत्रमा निर्माण भएको जिल्ला प्राविधिक कार्यालय, चितवनका प्रमुख दीपककुमार दासले जानकारी दिनुभयो ।

रत्ननगर (चितवन), १२ साउन । चितवनमा विभिन्न सात स्थानमा झोलुंगे पुल निर्माण सम्पन्न गरिएको छ ।

अधिकांश पुल चितवनको पहाडी क्षेत्रमा निर्माण भएको जिल्ला प्राविधिक कार्यालय, चितवनका प्रमुख दीपककुमार दासले जानकारी दिनुभयो ।

उहाँका अनुसार गएको एक वर्षमा लक्ष्यअनुसारका सबै पुल निर्माण सम्पन्न भएको छ । योसँगै चितवन जिल्लामा अहिलेसम्म ५६ वटा पुल निर्माण गरिएको कार्यालयले जनाएको छ ।

आव २०७३÷७४मा जिल्लाको साविक कविलास गाविसमा दुई, कोराकमा दुई, लोथरमा दुई तथा चण्डिभञ्याङको खानीखोलामा एक गरी सातवटा पुल निर्माण भएको कार्यालयका इन्जिनियर राजेश कोइरालाले जानकारी दिनुभयो ।

उहाँले उपभोक्ता समितिमार्फत नै सबै पुल निर्माण गरिएको जानकारी दिनुभयो । सबै पुल निर्माणमा झण्डै रु तीन करोड ५० लाख खर्च भएको छ । ती पुल ६३ देखि ११७ मिटरसम्मका छन् ।

यसअघि आव २०७२÷७३मा लोथरको थेटार, काउलेको धराङखोला र लामाटार, चण्डिभञ्याङको तुन्टेस, दाहाखानीको घट्टेखोला र शक्तिखोरको शक्तिखोलामा पुल निर्माण गरिएको थियो ।

घण्टौँ समय लगाएर हिँड्नुपर्ने गाउँमा झोलुंगे पुलले सहज पारिदिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रम ओली र प्रचण्डको सहमति पछि यी मन्त्रीहरुको पद जाने भयो (नाम सहित)
प्रम ओली र प्रचण्डको सहमति पछि यी मन्त्रीहरुको पद जाने भयो (नाम सहित)
पुलको काम समयमै सक्न मुख्यमन्त्रीको निर्देशन, ठेकेदारले समय माग्दै
पुलको काम समयमै सक्न मुख्यमन्त्रीको निर्देशन, ठेकेदारले समय माग्दै
तामाकोशीमा भ्रष्टाचार भएको भन्दै दोलखाली यसरी अख्तियार पुगे
तामाकोशीमा भ्रष्टाचार भएको भन्दै दोलखाली यसरी अख्तियार पुगे
फौजी कीराको प्रकोपले धानबाली नष्ट भएपछि किसान चिन्तित
फौजी कीराको प्रकोपले धानबाली नष्ट भएपछि किसान चिन्तित
एनएचपिसीले दियो एसआर–६ आयोजनाको सर्वेक्षण लाइसेन्सलाई आवेदन
एनएचपिसीले दियो एसआर–६ आयोजनाको सर्वेक्षण लाइसेन्सलाई आवेदन
‘ज्योतिष विद्यालाई सबैको पहुँचमा पुर्‍याउन जरुरी छ’
‘ज्योतिष विद्यालाई सबैको पहुँचमा पुर्‍याउन जरुरी छ’
आजको बिदेशी मुद्राको बिनिमय दर
आजको बिदेशी मुद्राको बिनिमय दर
निर्वाचन आउन ३८ दिन बाँकी: समस्या सुल्झाउन आयोगको संयुक्त संयन्त्र तयार
निर्वाचन आउन ३८ दिन बाँकी: समस्या सुल्झाउन आयोगको संयुक्त संयन्त्र तयार
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत
बलात्कारको बदला परिवारकै सामू बलात्कारीको बहिनीको बलात्कार
बलात्कारको बदला परिवारकै सामू बलात्कारीको बहिनीको बलात्कार