उपराष्ट्रपति पुन आज स्वदेश फर्कंदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ८, २०७५
|
|
५५ पटक हेरिएको
Shares
उपराष्ट्रपति पुन आज स्वदेश फर्कंदै

सारांश

  • काठमाडौँ ।
  • उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमण सकेर आज सोमबार स्वदेश फर्कदैछन् ।
  • एयर चाइनाको विमानबाट अहिले पौने १० बजे काठमाडौँ आउने कार्यक्रम छ ।

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमण सकेर आज सोमबार स्वदेश फर्कदैछन् । एयर चाइनाको विमानबाट अहिले पौने १० बजे काठमाडौँ आउने कार्यक्रम छ ।

उपराष्ट्रपतिले चीन भ्रमणका क्रममा असोज ४ गते छेन्दुमा आयोजित ‘१७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोह र ‘बेल्ट एण्ड रोड इनिसेटिभ’ सम्बद्ध मुलुकको आर्थिक विकासका लागि सहकार्यसम्बन्धी सम्मेलनलाई सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा नेपालमा लगानीका लागि चिनियाँ र सम्मेलनमा सहभागी राष्ट्रका व्यवसायीलाई अपिल गरेका थिए । चीन भ्रमणका क्रममा उपराष्ट्रपतिसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वा र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्त सचिव छिङ्हुवाले शिष्टाचार भेट भएको थियो ।

भेटघाटमा उपराष्ट्रपतिले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपाली भूमि चीन विरोधी गतिविधिका लागि प्रयोग गर्न नदिने नेपालको प्रतिबद्धता गरेका थिए ।

उपराष्ट्रपतिसँगको भेटमा चीनका उपप्रधानमन्त्री र सिपिसीका प्रान्त सचिवले नेपाल चीन सम्बन्ध परम्परागत सम्बन्धबाट नयाँ उचाइमा उठेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारी मतान्तरसहित रसुवाबाट मोहन आचार्यको शानदार जित
भारी मतान्तरसहित रसुवाबाट मोहन आचार्यको शानदार जित
मनाेरञ्जन : ६ वर्षको उमेरदेखि गीत गाउँदै आएकी श्रेयाको सफलता
मनाेरञ्जन : ६ वर्षको उमेरदेखि गीत गाउँदै आएकी श्रेयाको सफलता
आज पनि संसद बैठक, मन्त्रालयगत बजेटमाथि ११ मन्त्रीले जवाफ दिने
आज पनि संसद बैठक, मन्त्रालयगत बजेटमाथि ११ मन्त्रीले जवाफ दिने
६०० ले उकालो लाग्यो सुनको मूल्य
६०० ले उकालो लाग्यो सुनको मूल्य
राष्ट्रिय सभाबाट कारागार विधेयक सर्वसहमत पारित
‘नारायाणगोपाल सङ्गीत पुरस्कार’ दाहाल र निरौलालाई
‘नारायाणगोपाल सङ्गीत पुरस्कार’ दाहाल र निरौलालाई
पीएम ओलीका अवसर धेरै,चुनौती थोरै !
पीएम ओलीका अवसर धेरै,चुनौती थोरै !
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको स्वर्ण जयन्ती महोत्सव–२०७४ को सम्पूर्ण तयारी पूरा !
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको स्वर्ण जयन्ती महोत्सव–२०७४ को सम्पूर्ण तयारी पूरा !
निर्वाचन विथोल्न खोज्ने तत्वमाथि नेपाली सेनालाई गोली चलाउने अधिकार दिईएको छ : रक्षामन्त्री भीमसेनदास प्रधान
निर्वाचन विथोल्न खोज्ने तत्वमाथि नेपाली सेनालाई गोली चलाउने अधिकार दिईएको छ : रक्षामन्त्री भीमसेनदास प्रधान
आज ६ प्रदेशमा राष्ट्रियसभा चुनाव- ३२ पदमा ५२ जना प्रतिस्पर्धामा
आज ६ प्रदेशमा राष्ट्रियसभा चुनाव- ३२ पदमा ५२ जना प्रतिस्पर्धामा