‘छोरी बचाउ, छोरी पढाउ’ चित्रलाई ललितकला पुरस्कार
सारांश
- काठमाडौं ।
- चर्चित मिथिला चित्रकार रन्जु यादव राष्ट्रिय ललितकला पुरस्कार–२०७६ बाट पुरस्कृत भएकी छिन् ।
- राष्ट्रिय ललितकला प्रदर्शनी–२०७६ को उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले चित्रकार यादवलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।
काठमाडौं । चर्चित मिथिला चित्रकार रन्जु यादव राष्ट्रिय ललितकला पुरस्कार–२०७६ बाट पुरस्कृत भएकी छिन् । राष्ट्रिय ललितकला प्रदर्शनी–२०७६ को उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले चित्रकार यादवलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने लोककला विधाअन्तर्गतको राष्ट्रिय ललितकला पुरस्कार चित्रकार यादवलाई दिइएको हो ।
राष्ट्रिय ललितकला प्रदर्शनी–२०७६ मा सहभागी ‘छोरी बचाउ, छोरी पठाउ’ शिर्षकको यादवको मिथिला चित्र उत्कृष्ट भएर उहाँलाई ६० हजार राशिको उक्त पुरस्कार दिइएको हो ।
लोककला विधा अन्तर्गतकै विशेष पुरस्कार सिरहाका हरेराम यादव र कैलालीका मिठ्ठु थारु गरी दुई जनालाई प्रदान गरिएको छ ।
यस्तै, यस विधाअन्तर्गतकै प्रदेश विशेष पुरस्कार धनुषाकी रेमनी मण्डललाई प्रदान गरियो । विशेष पुरस्कार र प्रदेश पुरस्कारको राशि जनही २५ हजार रहेको छ ।
प्रतिक्रिया