नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकट विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि बिक्री गर्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ९, २०८१
|
|
४० पटक हेरिएको
Shares
नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकट विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि बिक्री गर्ने

सारांश

  • काठमाडौं।
  • नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय उडानका टिकट बिक्री गर्ने भएको छ।
  • निगमले नजिकिएको बडादसैँ, तिहार तथा छठ पर्वजस्ता चाडपर्वको समयमा यात्रुको सहजताका लागि ती स्थानबाट टिकट बिक्रीको व्यवस्था मिलाएको हो ।

काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय उडानका टिकट बिक्री गर्ने भएको छ।

निगमले नजिकिएको बडादसैँ, तिहार तथा छठ पर्वजस्ता चाडपर्वको समयमा यात्रुको सहजताका लागि ती स्थानबाट टिकट बिक्रीको व्यवस्था मिलाएको हो । निगमले अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँ बाहिर भैरहवास्थित निगमको कार्यालयबाट मात्र टिकट बिक्री गर्दै आइरहेको थियो ।

निगमले भनेको छ-

नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानका टिकटहरु काठमाडौं बाहिर हाल भैरहवा स्थित निगमको कार्यालयबाटमात्र बिक्रिवितरण भइरहेकोमा आगामी बडादशैं, तिहार तथा छठ पर्व जस्ता चाडपर्वको समयमा र सो पश्चात् समेत निरन्तर रहने गरी नेपाल वायुसेवा निगमका उडानहरुबाट यात्रा गर्न सहज रुपमा टिकट प्राप्त होस भनी निगमका विराटनगर, पोखरा र नेपालगञ्ज स्थित कार्यालयहरुबाट समेत वितरण गर्ने व्यवस्था मिलाउन र यसलाई प्रभावकारी रुपमा लागू गर्न सम्बन्धीत विभागीय प्रमुखहरुलाई निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीले विशेष निर्देशन दिनुभएको छ ।

साथै, यात्रुहरुले आफ्नो मोबाइलबाट वा निगमको वेभ साइटबाट समेत अनलाइन टिकट लिन सकिने व्यवस्था रहेकोमा स्थानीय ठाउँबाट समेत सेवा दिदा सेवाग्राहीले अझ प्रभावकारी ढंगले टिकेटिङ सेवा लिने विश्वास लिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गायक तथा संगीतकार सुभाष प्रधानलाई सम्मान प्रदान
गायक तथा संगीतकार सुभाष प्रधानलाई सम्मान प्रदान
उमेर हदका कारण अवकाशमा जान लागेका ५ प्रहरी अधिकारीले सर्वोच्चमा दिए रिट
उमेर हदका कारण अवकाशमा जान लागेका ५ प्रहरी अधिकारीले सर्वोच्चमा दिए रिट
नेपालको कूटनीतिक सम्बन्धमा नयाँ देश थपियो, योसँगै १५८ देशसँग सम्बन्ध विस्तार
नेपालको कूटनीतिक सम्बन्धमा नयाँ देश थपियो, योसँगै १५८ देशसँग सम्बन्ध विस्तार
असार १८ गते बिहिवारको राशिफल यस्तो छ
असार १८ गते बिहिवारको राशिफल यस्तो छ
ज्योतिष शास्त्र अनुसार यी राशि बीचको प्रेम र विवाह कहिल्यै सफल हुँदैन
ज्योतिष शास्त्र अनुसार यी राशि बीचको प्रेम र विवाह कहिल्यै सफल हुँदैन
साउन १ गतेदेखि १० लाखदेखि माथिको नगद कारोबारमा रोक
साउन १ गतेदेखि १० लाखदेखि माथिको नगद कारोबारमा रोक
नेपालले ‘एसियाली सहकार्य संवाद’लाई उच्च प्राथमिकतामा राखेको छ : मन्त्री साउद
नेपालले ‘एसियाली सहकार्य संवाद’लाई उच्च प्राथमिकतामा राखेको छ : मन्त्री साउद
संगै सुतेकी साथीले ‘सेटिङ’ मिलाउदा छाउगोठमा सुतेकी किशोरीमाथि बलात्कार
संगै सुतेकी साथीले ‘सेटिङ’ मिलाउदा छाउगोठमा सुतेकी किशोरीमाथि बलात्कार
घट्यो सुनको मूल्य
घट्यो सुनको मूल्य
के काठमाडौंवासी नयाँ वैकल्पिक शक्ती खोज्दै छन ?

तपाईंले छुटाउनुभयो कि?