झापाका शिवाकोटी हत्या आरोपी तीन जना कारागार चलान

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १९, २०७४
|
|
३२ पटक हेरिएको
Shares
झापाका शिवाकोटी हत्या आरोपी तीन जना कारागार चलान

सारांश

  • झापा अर्जुनधारा–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणमा पक्राउ गरेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ पीडित परिवारका तर्फबाट परेको उजुरीको आधारमा पक्राउ गरिएका सन्तोष पोखरेल, सुधिर पोखरेल र समीर पोखरेललाई झापा जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो ।
  • असोज १४ गते मृत अवस्थामा फेला परेका शिवाकोटीको हत्या गरिएको पीडित परिवारको आरोप छ ।
  • उनीहरुमाथि कर्तव्य ज्यान मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

झापा अर्जुनधारा–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणमा पक्राउ गरेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ

पीडित परिवारका तर्फबाट परेको उजुरीको आधारमा पक्राउ गरिएका सन्तोष पोखरेल, सुधिर पोखरेल र समीर पोखरेललाई झापा जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो ।

असोज १४ गते मृत अवस्थामा फेला परेका शिवाकोटीको हत्या गरिएको पीडित परिवारको आरोप छ । उनीहरुमाथि कर्तव्य ज्यान मुद्दा चलाइएको प्रहरीले जनाएको छ । हत्या आरोपित अन्य पाँच जना फरार रहेका र उनीहरुको खोजी जारी रहेको प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?