जनतालाई दुखबाट मुक्त गराउने प्रधानमन्त्रीका तीन उपाय

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १, २०७६
|
|
३५ पटक हेरिएको
Shares
जनतालाई दुखबाट मुक्त गराउने प्रधानमन्त्रीका तीन उपाय

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई दुखबाट मुक्त गराउने तीन वटा उपाय सुझाएका छन्।
  • प्रधानमन्त्री ओलीले विद्वान र वीर पुर्खाका जीन, सम्पन्न प्राकृतिक स्रोत र क्रियाशील युवा जनशक्तिलाई परिचालन गरेर जनतालाई दुःखमुक्त गराउने बताएका हुन्।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई दुखबाट मुक्त गराउने तीन वटा उपाय सुझाएका छन्।प्रधानमन्त्री ओलीले विद्वान र वीर पुर्खाका जीन, सम्पन्न प्राकृतिक स्रोत र क्रियाशील युवा जनशक्तिलाई परिचालन गरेर जनतालाई दुःखमुक्त गराउने बताएका हुन्। ‘नेपाली जनताले दुख पाउनुपर्ने कुनै कारण छैन्, तीन वटा कारण छन, जसले नेपाल पछाडि पर्नुपर्ने आवश्यक्ता छैन्,’ प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘हामी विद्वान पुर्खाका सन्तान हौं, विद्वान र वीर पुर्खाका सन्तानको जीन हामीसँग छ। दोस्रो, प्राकृतिक हिसावले हाम्रो देश सुन्दर मात्रै होइन, अत्यन्तै स्रोत सम्पन्न छ, प्राकृतिक हिसाबले धनी छ।

अर्को, अहिले पनि हामीसँग क्रियाशील युवा जनसंख्या ठूलो छ। त्यसकारण नेपाली जनतालाई यी तीन वटै स्रोतको माध्यामबाट विकास गरेर दुख पाइरहनुपर्ने अवस्था अन्त्य गर्न सकिन्छ।’ सातौं राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिको प्रयोग गरेर पनि मुलुकलाई समृद्ध बनाउने आधार र अवसर रहेको जनाए। उनले भारतको मोतीयारीबाट अमलेखगंजसम्म पाईपलाईनमा पेट्रोलियम पदार्थ ल्याउन सम्भव भएको दृष्टान्त पेश गर्दै त्यसरी नै विज्ञान र प्रविधिको उपयोग गरेर पनि मुलुकलाई समृद्ध बनाउन सकिने पनि बताए।

प्रधानमन्त्री ओलीले युवा वैज्ञानिकहरुलाई उत्साहका साथ काम गर्न पनि आग्रह गरे। मुलुकको उत्पादनलाई प्रविधिसँग जोडने गरी काम गर्न युवाहरुलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाए। सरकारले वैज्ञानिकहरु तथा विज्ञान र प्रविधिसँग सरोकार राख्ने सबै समूहमा उत्साह वृद्धि गर्ने उद्देश्यका साथ विज्ञान शिक्षामा योगदान पुर्याउने काठमाडौंको ठमेलस्थित अमृत साईन्स क्याम्पसको स्थापनाको अवसर पारेर हरेक वर्ष असोज १ गते यो दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन सुरु गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पशुपति क्षेत्र वरिपरि अबदेखि माग्ने बस्न नपाउने
पशुपति क्षेत्र वरिपरि अबदेखि माग्ने बस्न नपाउने
कोरोना रोकथाम र नियन्त्रणका लागि स्वयंसेवक परिचालन गर्दै युवा संघ, अध्यक्ष पौडेलद्वारा ८ बुँदे निर्देशन
कोरोना रोकथाम र नियन्त्रणका लागि स्वयंसेवक परिचालन गर्दै युवा संघ, अध्यक्ष पौडेलद्वारा ८ बुँदे निर्देशन
वाइडबडी प्रकरणको प्रतिवेदन लेखा समितिमा आज विस्तृत छलफल हुँदै
वाइडबडी प्रकरणको प्रतिवेदन लेखा समितिमा आज विस्तृत छलफल हुँदै
प्रथम ठोरी महोत्सव हुँदै
प्रथम ठोरी महोत्सव हुँदै
भारी बर्षाले गर्दा बुटवल क्षेत्रका धेरै मतदान स्थलमा मतदान सुरु भएको छैन !
भारी बर्षाले गर्दा बुटवल क्षेत्रका धेरै मतदान स्थलमा मतदान सुरु भएको छैन !
एमालेबाट माओवादीमै फर्किएका हरि डल्लाकोटीले भने- प्रचण्डज्यू, जनताले सुत्नै दिएनन्
एमालेबाट माओवादीमै फर्किएका हरि डल्लाकोटीले भने- प्रचण्डज्यू, जनताले सुत्नै दिएनन्
NC’s protest to protect Constitution
NC’s protest to protect Constitution
आज नेप्सेमा दोहोरो अंकको गिरावट, इन्फ्रास्ट्रक्चर बैंकको १० प्रतिशतले शेयरमुल्य बृद्धि
आज नेप्सेमा दोहोरो अंकको गिरावट, इन्फ्रास्ट्रक्चर बैंकको १० प्रतिशतले शेयरमुल्य बृद्धि
दुर्घटना अपडेट ः मृतक सबैको पहिचान
दुर्घटना अपडेट ः मृतक सबैको पहिचान
नेपाल–भारत सम्बन्ध अहिले राम्रो ‘हाईवे’ मा छ : डा. शर्मा
नेपाल–भारत सम्बन्ध अहिले राम्रो ‘हाईवे’ मा छ : डा. शर्मा