छिमेकीका जायज चासोलाई सरकारले सम्मान गर्छ : प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १३, २०७४
|
|
३६ पटक हेरिएको
Shares
छिमेकीका जायज चासोलाई सरकारले सम्मान गर्छ : प्रधानमन्त्री

सारांश

  • काठमाडौं, १३ चैत्र ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली नागरिक विदेशीका गोप्य एजेन्डाबाट शोषित हुन नहुने बताएका छन्।
  • मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालस्थित् विदेशी नियोगका प्रमुखहरुलाई ब्रिफिङ गर्दै उनले यस्तो बताएका हुन् ।

काठमाडौं, १३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली नागरिक विदेशीका गोप्य एजेन्डाबाट शोषित हुन नहुने बताएका छन्।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालस्थित् विदेशी नियोगका प्रमुखहरुलाई ब्रिफिङ गर्दै उनले यस्तो बताएका हुन् ।

सम्बोधनको क्रममा उनले भनेका थिए,‘हाम्रो समाजमा हिंसाको लागि कुनै स्थान छैन। हाम्रो सामाजिक एकता र सद्भाव बिगार्ने कुत्सित मनसायले विभिन्न पक्षबाट यस्ता प्रयास हुनसक्छन्।’

उनले अघि थपे,‘हाम्रा नागरिक गोप्य एजेन्डाबाट शोषित नहुन् भन्ने चाहन्छौं। हामीलाई विभाजित पार्न खोज्ने र अस्थीरता निम्त्याउने तत्वलाई हराउन हामी एक भएर लाग्नेछौं।’

प्रधानमन्त्री ओलीले पछिल्लो एक दशकमा नेपाली समाज तीव्र रुपान्तरण भइरहेको र त्यो राजनीतिमा मात्र नभएर समाजका अन्य क्षेत्रमा पनि महशुस भएकोे बताए।

‘हरेक निर्वा्चित निकायमा ४१ प्रतिशत महिला छन् भन्ने कुरा सुनाउन पाउँदा मलाई गर्व महशुस हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो सानो उपलब्धी होइन, बाँकी रहेको ९ प्रतिशत पूरा गर्न पनि हामी प्रयास गर्नेछौं।’ उनले ठूलो मूल्य चुकाएर नेपाल राजनीतिक स्थीरताको नयाँ चरणमा हामी पुगेका उल्लेख गर्दै नेपालको यो महत्वपूर्ण उपलब्धीमा हाम्रा छिमेकी र शुभचिन्तकले पनि खुसी हुनुपर्ने बताए।

प्रधानमन्त्री ओलीले छिमेकीका जायज चासोलाई सरकारले सम्मान गर्ने र नेपाली भूमि उनीहरुविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरे। छलफलको सुरुमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशी कुटनीतिज्ञलाई स्वागत गरेका थिए। मन्त्री ज्ञवालीले नजिकका छिमेकी र विश्वका सबै देशसँग नेपालको सौहार्दपूर्ण सम्बन्ध रहेको र नयाँ राष्ट्रिय प्राथमिकता र अन्तर्रा्ष्ट्रिय प्रतिवद्धताअनुसार नेपालले परराष्ट्र नीति अपनाउने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
रोनाल्डोबिना मैदानमा उत्रिएको च्याम्पियन युभेन्ट्स अन्तिम खेलमा पराजित
रोनाल्डोबिना मैदानमा उत्रिएको च्याम्पियन युभेन्ट्स अन्तिम खेलमा पराजित
ब्राजिलबाट चीनमा आयात गरिएको कुखुराको मासुमा कोरोना भाइरस
ब्राजिलबाट चीनमा आयात गरिएको कुखुराको मासुमा कोरोना भाइरस
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः पर्यटनमा बहुआयामिक प्रभाव पर्छ– मन्त्री भट्टराई
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः पर्यटनमा बहुआयामिक प्रभाव पर्छ– मन्त्री भट्टराई
थाहा पाउनुहोस् आजको राशिफल
थाहा पाउनुहोस् आजको राशिफल
तीनकुनेस्थित गैह्रीगाउँमा छुरा प्रहार, दुइजना घाइते
तीनकुनेस्थित गैह्रीगाउँमा छुरा प्रहार, दुइजना घाइते
आजको राशीफल हेर्नुहोस्
आजको राशीफल हेर्नुहोस्
रास्वपा कार्याकर्ता र प्रहरीबीच भएको झडपमा आठजना घाइते
रास्वपा कार्याकर्ता र प्रहरीबीच भएको झडपमा आठजना घाइते
मिश्र न्यायाधीश हुँदा भ्रष्टाचारी ठहरिएका पूर्व आइजिपी बोहोराले मिश्र प्रधानन्यायाधीश हुँदा पाए सफाई
मिश्र न्यायाधीश हुँदा भ्रष्टाचारी ठहरिएका पूर्व आइजिपी बोहोराले मिश्र प्रधानन्यायाधीश हुँदा पाए सफाई
अमेरिका र चीनले ९० दिन आपसमा नयाँ कर नलगाउने
अमेरिका र चीनले ९० दिन आपसमा नयाँ कर नलगाउने

तपाईंले छुटाउनुभयो कि?