एउटा त्यस्तो गायक जो आफ्नो देशभन्दा चर्चित बन्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २३, २०७४
|
|
३२ पटक हेरिएको
Shares
एउटा त्यस्तो गायक जो आफ्नो देशभन्दा चर्चित बन्यो

सारांश

  • कुनै व्यक्ति आफ्नो खुबी र कामका कारण यति धेरै प्रशिद्ध हुन्छ कि उसले आफ्नो वरपरको भौगोलिक सिमाना मात्रै होइन देशकै सिमा पार गरेर विश्वव्यापी बन्न पुग्छ ।
  • त्यति मात्रै होइन केही यस्ता व्यक्ति छन् ती तीनका देशभन्दा बढि चर्चित छन् ।
  • त्यसैमध्येका एक हुन् जमैकन गायक, गीतकार तथा संगीतकार बब मार्ली ।

कुनै व्यक्ति आफ्नो खुबी र कामका कारण यति धेरै प्रशिद्ध हुन्छ कि उसले आफ्नो वरपरको भौगोलिक सिमाना मात्रै होइन देशकै सिमा पार गरेर विश्वव्यापी बन्न पुग्छ । त्यति मात्रै होइन केही यस्ता व्यक्ति छन् ती तीनका देशभन्दा बढि चर्चित छन् । त्यसैमध्येका एक हुन् जमैकन गायक, गीतकार तथा संगीतकार बब मार्ली । संगीतमा सामान्य रुची राख्ने व्यक्तिले पनि बब मार्लीलाई चिनिसकेको हुन्छ । तीनै विश्वविख्यात गायक बम मार्लीको जन्म सन् १९४५ फेब्रुअरी ६ मा भएको थियो । आज हामी तीनै विश्वविख्यात गायक र उनले गीतमार्फत सामाजिक चेतना वृद्धिमा पु्र्याएको योगदानको स्मरण गर्दैछौं । उत्तर र दक्षिण अमेरिकी महादेश बीचको टापु वेष्ट इन्डिज समुद्रको बीचमा पर्ने देश जमाइकाको राजधानी किङ्गस्टनमा उनी जन्मिएका हुन् । भनिरहन नपर्ला बाँकी विश्वले बरु जमैकालाई नचिन्ला तर बब मार्लीलाई भने अवश्य चिन्छ ।

उनी गोरा जातीका बाबु र काला जातीका आमाबाट जन्मिएका थिए । तर बाल्यकालदेखि नै काला जातीमाथि गरिएको अन्याय अत्याचार देख्दै र भोग्दै हुर्किएका उनले आफुलाई पनि अफ्रिकन काला जातिकै रुपमा विश्वमा चिनाए । त्यति मात्रै होइन, उनले काला जातीमाथिको अन्याय र दुव्र्यवहारको विरोध गर्दै विभिन्न मुक्तिसग्राममा पनि सहभागि बनाउँदै लगे । उनको औपचारिक गायनयात्रा नै जिम्बाबेका जनताले चलाएको मुक्ती आन्दोलनमा गाउने क्रममा भएको थियो । गीतमार्फत काला जातीलाई आफु माथि भइरहेको उत्पीडनको विरुद्धमा उनले कसरी जागरुक गराउँथे भन्ने एउटा उद्धाहरण उनको बफलो सोल्जर गीतबाट थाहा पाउन सकिन्छ ।

रक, रेगी र स्का जन्राका गीत गाउँदै विश्व विख्यात बनेका मार्लीको खास नाम नेस्ट रबर्ट माली हो । उनले गाएका बफलो सोल्जर, नो वुमन नो क्राई, सन इज साइनिङ लगायतका गीत अझै पनि उस्तै र उत्तिकै चर्चित छन् । उनले बम भोलेनाथ बोलको एउटा हिन्दु भजन पनि गाए । म मार्ली निकै उमेर मात्रै बाँचे । ३६ वर्षको उमेरमै सन १९८१, मे ११ एघारमा उनको अमेरिकाको फ्लोरिडामा मृत्यु भयो । उनको मृत्यु मेलोनोमा नामक छालाको क्यान्सरबाट भएको थियो । बब मार्ली मृत्यृु पछि पनि कत्ति चर्चित छन् भने गीत सुनेर उनको स्मरण गर्नु त छँदैछ, क्याप, टिसर्टमा प्रिन्ट भएर पनि युगौयुग बाँच्ने छाँट देखाइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वातावरण दिवसमा खानेपानी मन्त्रीद्वारा भक्तपुरमा वृक्षारोपण तथा हरित पार्कको शिलान्यास
वातावरण दिवसमा खानेपानी मन्त्रीद्वारा भक्तपुरमा वृक्षारोपण तथा हरित पार्कको शिलान्यास
लकडाउनको तेस्रो दिनः धुम्बाराहीस्थित तरकारी बजारमा बढ्यो आयात
लकडाउनको तेस्रो दिनः धुम्बाराहीस्थित तरकारी बजारमा बढ्यो आयात
आमसञ्चारसम्बन्धी कानुनलाई छिट्टै मूर्तरुप दिइनेछ : मन्त्री शर्मा
आमसञ्चारसम्बन्धी कानुनलाई छिट्टै मूर्तरुप दिइनेछ : मन्त्री शर्मा
केपी ओलीलाई पत्र
केपी ओलीलाई पत्र
निषेधाज्ञा उल्लंघन गर्ने १७२३ सवारी साधन नियन्त्रणमा
धुर्मुस-सुन्तली फाउण्डेशनको सहयोगार्थ न्यूजिल्याण्डमा रमाइलो साँझ
धुर्मुस-सुन्तली फाउण्डेशनको सहयोगार्थ न्यूजिल्याण्डमा रमाइलो साँझ
बलिउड अभिनेता आदित्यमाथि नाबालिग बलात्कारको अभियोग
बलिउड अभिनेता आदित्यमाथि नाबालिग बलात्कारको अभियोग
पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
निर्धन उत्थान बैंक लिमिटेडलाइ एक अरब रुपैयाँ कर्जा !
निर्धन उत्थान बैंक लिमिटेडलाइ एक अरब रुपैयाँ कर्जा !

तपाईंले छुटाउनुभयो कि?