जनयुद्धकालमा जनसरकारका प्रमुख यसरी बन्न थाले ५ नम्बर प्रदेशको सभामुख

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १, २०७४
|
|
५३ पटक हेरिएको
Shares
जनयुद्धकालमा जनसरकारका प्रमुख यसरी बन्न थाले ५ नम्बर प्रदेशको सभामुख

सारांश

  • प्रदेश ५ को सभामुखमा उम्मेदवारी दिए पूर्ण घर्तीले, को हुन् पूर्ण ?
  • नजिकबाट चिन्नुहोस् काठमाडौं, १ फागुन ।
  • प्रदेश नं ५ को सभामुख पदका लागि नेकपा (माओवादी केन्द्र)का पूर्णबहादुर घर्तीले आज उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश ५ को सभामुखमा उम्मेदवारी दिए पूर्ण घर्तीले, को हुन् पूर्ण ? नजिकबाट चिन्नुहोस्

काठमाडौं, १ फागुन । प्रदेश नं ५ को सभामुख पदका लागि नेकपा (माओवादी केन्द्र)का पूर्णबहादुर घर्तीले आज उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा संसद् सचिवालयमा आज बिहान १०ः३० बजे नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संयुक्त उम्मेदवारको रुपमा घर्तीले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

माओवादी केन्द्र प्रदेश नं ५ का प्रमुख सचेतक दधिराम न्यौपानेको प्रस्ताव र एमाले प्रमुख सचेतक भूमिश्वर ढकालको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् । रुकुम पूर्वबाट निर्वाचित घर्तीलाई प्रदेश नं ५ को सभामुखको उम्मेदवार बनाउने निर्णय माओवादी केन्द्र संसदीय दलको बैठकले दुई दिन अगाडि गरेको हो ।

५ नम्बर प्रदेशको संसदमा वाम गठबन्धनको बहुमत छ । ७८ सांसदमध्ये गठबन्धनसँग ६१ सांसद रहेका छन् । संसद्को तेस्रो शक्ति काँग्रेस र अरु दलले सभामुखमा उम्मेदवारी दिने तयारी गरेका छैनन् । वाम गठबन्धनबाट उम्मेदवारी दिएका घर्तीको सभामुखमा एकल उम्मेदवारी हुने र सर्वसम्मत निर्वाचित हुने अवस्था देखिएको छ ।

उम्मेदवारी दर्तापछि पत्रकारसँग कुरा गर्दै नेता घर्तीले प्रदेशसभालाई व्यवस्थित, मर्यादित र विवादरहित ढंगले सञ्चालन गरिने प्रतिक्रिया दिएका छन् । उनले प्रदेश नं ५ लाई समृद्ध बनाउन सबै दललाई एकैसाथ लिएर अघि बढ्ने बताए ।

पाँच नम्बर प्रदेशको सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्दै पूर्ण घर्ती ।

को हुन् पूर्ण घर्ती ?
पूर्वी रुकुम प्रदेशसभा क्षेत्र नं. २ का नेकपा माओवादी केन्द्रको तर्फबाट विजयी पूर्णबहादुर घर्तीमगरको पारिवारिक तथा राजनीतिक पृष्ठभूमि ः
नाम : पूर्णबहादुर घर्तीमगर (आयाम)
ठेगाना : साविक चुनवाङ –६ लाखरपेदिचौर (भूमे गाउँपालिका वडा नं. ९ ) रुकुम
जन्ममिति : २०२४ असार २९ गते
बुवा : वीरबहादुर घर्ती
आमा : जयकली घर्ती
श्रीमति : सीता आचार्य
छोरी : लिचुन घर्ति मगर
दिदीहरु : आशिका बुढा र लालकुमारी घर्ती

राजनीतिक जीवन :
 २०३७ सालमा अनेरास्ववियुको सदस्यता प्राप्त
 २०४१ सालमा तत्कालीन मशालको पार्टी सदस्यता प्राप्त
 २०४६ सालमा अनेरास्ववियु रुकुमको जिल्ला अध्यक्ष एवं पूर्णकालीन सदस्य
 २०४८ सालमा नेकपा एकता केन्द्र जिल्ला उपसमिति रुकुमको पहिलो सम्मेलनबाट जिल्ला समितिमा निर्वाचित र एकता महाधिवेशन प्रतिनिधि
 २०४७ देखि २०५१ सम्म सिस्ने साँस्कृतिक समूह रुकुमको संयोजक
 २०५३ देखि २०५६ सम्म नेकपा माओवादी रुकुमको जिल्ला सेक्रेटरी
 २०५७ मा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको केन्द्रीय सदस्य
 २०५७ देखि २०५८ सम्म म्याग्दी, बाग्लुङ र रुकुमको इन्चार्ज तथा केन्द्रीय सदस्य
 २०५७ मंसिर २९ गते जिल्ला जनसरकार रुकुमको प्रमुखमा निर्वाचित (पुस ७ मा घोषणा) तथा केन्द्रीय सदस्य
 २०५८ देखि २०५९ सम्म भेरी कर्णाली क्षेत्र अन्तर्गत डोल्पा, जाजरकोट र सुर्खेतको इन्चार्ज तथा केन्द्रीय सदस्य
 २०६० सालमा सामना साँस्कृतिक परिवारको संयोजक, केन्द्रीय श्रव्यदृश्य विभाग प्रमुख तथा नेकपा माओवादी केन्द्रीय सदस्य
 २०६२ देखि २०६४ सम्म नेकपा माओवादी रुकुम जिल्ला इन्चार्ज
 २०६४ सालमा नेपाल टेलिभिजनको अध्यक्ष
 २०६५ देखि २०६७ सम्म एनेकपा माओवादी मगरात राज्य सेक्रेटरी तथा केन्द्रीय सदस्य
 २०६८ देखि २०७० सम्म नेकपा क्रान्तिकारी माओवादीको थारुवान राज्य इन्चार्ज तथा केन्द्रीय सदस्य
 २०७१ देखि २०७२ सम्म नेकपा क्रान्तिकारी माओवादीको पश्चिम मगराज इन्चार्ज तथा पोलिटव्युरो सदस्य
 नेकपा माओवादी केन्द्र ५ नं. प्रदेश संयोजक तथा केन्द्रीय सचिवालय सदस्य

जेल जीवन :
पञ्चायत विरोधी आन्दोलनको क्रममा २०४५ पुस २७ गते रोल्पा लिवाङमा प्रहरीद्वारा गिरफ्तार भई चरम यातनाका साथ ५२ दिन हिरासत

अन्य :
 २०४७ देखि २०५२ सम्म केन्द्रीय साँस्कृतिक टोली सामनामा परिवारमा र जनसाँस्कृतिक संघको केन्द्रीय नेतृत्वमा रही विशेषतः राप्तीमा साँस्कृतिक अभियानको नेतृत्वदायी भूमिका निर्वाह ।
 तत्कालीन सरकारबाट रोल्पामा रोमियो अप्रेसनको क्रममा “ढल्दैन त्यो बन्दुकले ………….”, जनयुद्धको क्रममा “एकै रातमा धर्ति हल्लियो…………….”, “यात्रा हाम्रो लामो छ…………..” , “कस्ले भन्छ क्रान्ति यहाँ सफल हुँदैन………..” लगायत दर्जनौं चर्चित गीतसंगीतहरुको रचना र स्वरहरु रहेको ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदूषण न्यूनीकरणका लागि फोहर जलाउन मिल्ने डस्टबिन
प्रदूषण न्यूनीकरणका लागि फोहर जलाउन मिल्ने डस्टबिन
अब नेपालकाे विद्युत् बंगलादेशले खरिद गर्ने
अब नेपालकाे विद्युत् बंगलादेशले खरिद गर्ने
विदेशी मुद्राको विनिमय सञ्चिती  १६ खर्ब ९६ अर्ब कायम
विदेशी मुद्राको विनिमय सञ्चिती १६ खर्ब ९६ अर्ब कायम
रास्वपाले बोलायो आकस्मिक भेला
रास्वपाले बोलायो आकस्मिक भेला
दोस्रो चरणको निर्वाचनमा कस्तो छ दलको तयारी ?
दोस्रो चरणको निर्वाचनमा कस्तो छ दलको तयारी ?
प्रधानमन्त्री दाहाल र एनआरएनए अष्ट्रेलियाका महासचिवबीच भेटवार्ता, के भयो छलफल ?
प्रधानमन्त्री दाहाल र एनआरएनए अष्ट्रेलियाका महासचिवबीच भेटवार्ता, के भयो छलफल ?
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
प्रचण्ड काठमाडौं आउन सकेनन् : पार्टी एकता संयोजन समितिको बैठक स्थगित
प्रचण्ड काठमाडौं आउन सकेनन् : पार्टी एकता संयोजन समितिको बैठक स्थगित
आइएनजिओकाे खर्चमा कृषि मन्त्रालयका १८९ कर्मचारी विदेश भ्रमणमा
आइएनजिओकाे खर्चमा कृषि मन्त्रालयका १८९ कर्मचारी विदेश भ्रमणमा
तुलसीपुरको अम्बास मतदान केन्द्रमा बम विष्फोट, राजविराजका अभियुक्त जेल चलान
तुलसीपुरको अम्बास मतदान केन्द्रमा बम विष्फोट, राजविराजका अभियुक्त जेल चलान