गाउँपालिका भवन निर्माणका लागि करोडौँ मूल्यको जग्गा दान
सारांश
- काठमाडौँ, ८ पुस ।
- नुवाकोट जिल्लाको उत्तरपूर्वमा पर्ने शिवपुरी गाउँपालिकाको भवन निर्माणका लागि करोडभन्दा बढी मूल्यपर्ने चार रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ ।
- शिवपुरी गापको वडा नं ५ महाकालीको शेराकोबगरमा पर्ने एक करोड पाँच लाख पर्ने दुई रोपनी तीन आना जग्गा महेन्द्रबहादुर महतका नातिहरु समाजसेवी नरेश महत र दिनेश महतले दान गरेका हुन् ।
काठमाडौँ, ८ पुस । नुवाकोट जिल्लाको उत्तरपूर्वमा पर्ने शिवपुरी गाउँपालिकाको भवन निर्माणका लागि करोडभन्दा बढी मूल्यपर्ने चार रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ ।
शिवपुरी गापको वडा नं ५ महाकालीको शेराकोबगरमा पर्ने एक करोड पाँच लाख पर्ने दुई रोपनी तीन आना जग्गा महेन्द्रबहादुर महतका नातिहरु समाजसेवी नरेश महत र दिनेश महतले दान गरेका हुन् ।
मध्यपहाडी लोकमार्गसँगै रहेका उक्त जग्गा शिवपुरी–६ निवासी उनीहरुले आफ्नो जग्गामा सरकारी भवन बनेर जनताले सेवा पाउने भएपछि खुशी व्यक्त गरेका छन् ।
त्यसैगरी शिवपुरी गाउँपालिकाका लागि जग्गा दान दिनेमा महाकालीका गणेशप्रसाद पौडेलले सात आना, दलबहादुर कार्कीले पाँच आना, शिवप्रसाद पोखरेलले आठ आना र सीताराम आचार्यले आठ आना जग्गा निःशुल्क पास गरेर गाउँपालिकालाई दिएका ह्नु ।
विभिन्न जग्गा दाताबाट प्राप्त झण्डै चार रोपनी जग्गामा शिवपुरी गाउँपालिकाको नाममा प्राप्त भइसकेको प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार महत परिवारले दिएको जग्गामा गाउँपालिका कार्यालयको मुख्य भवन बनाइने तयारी गरिएको छ ।
गाउँपालिका प्रमुख रामकृष्ण थापाले छ जना दाताले दिएका झण्डै चार रोपनी जग्गा गाउँपालिकाको भवन निर्माणका लागि अत्यन्त महत्वपूर्ण भएको बताए । उनले जग्गादातालाई धन्यवाद दिँदै गाउँपालिका भवन छिट्टै निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे ।
नुवाकोटमा दुई वटा नगरपालिकासहित १२ वटा स्थानीय तहमा आफ्नै कार्यालय भवन निर्माण हुन सकेको छैन । संघीयता कार्यान्वयनसँगै पहिलोपटक निर्वाचित जनप्रतिनिधिले पूर्वाधार तयारमा ध्यान दिएका छन् ।
प्रतिक्रिया