प्रम ओलीको फोनले बंगलादेशबाट पैचोमा मल नआएपछि जिटूजीमार्फत खरिद गर्न मन्त्रिपरिषदमा प्रस्ताव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १८, २०७७
|
|
२५ पटक हेरिएको
Shares
प्रम ओलीको फोनले बंगलादेशबाट पैचोमा मल नआएपछि जिटूजीमार्फत खरिद गर्न मन्त्रिपरिषदमा प्रस्ताव

सारांश

  • पैँचोमा दिने भनेको ५० हजार मेट्रिक टन रासायनिक मल नदिने भएपछि जीटुजीमार्फत मल खरिदका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको छ ।
  • बंगलादेशले पैँचोमा मल नदिने पक्का भएपछि सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जीटुजीमार्फत मल खरिद गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको हो ।
  • धान रोपाइँ गर्ने समयमा मल आयातको ठेक्का पाएका शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले मल आयात अलपत्र पारेपछि देशभर रासायनिक मलको चरम अभाव भएको थियो ।

पैँचोमा दिने भनेको ५० हजार मेट्रिक टन रासायनिक मल नदिने भएपछि जीटुजीमार्फत मल खरिदका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको छ । बंगलादेशले पैँचोमा मल नदिने पक्का भएपछि सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जीटुजीमार्फत मल खरिद गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको हो ।

धान रोपाइँ गर्ने समयमा मल आयातको ठेक्का पाएका शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले मल आयात अलपत्र पारेपछि देशभर रासायनिक मलको चरम अभाव भएको थियो । मुख्य धानबाली लगाउने बेलामै देशभर मलको चरम अभाव भएपछि कृषि तथा पशुपन्छी विकासमन्त्रीले घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत बंगलादेशसँग पैँचोमा मल माग्न अनुरोध गरेका थिए ।

कृषिमन्त्री भुसालको अनुरोधमा प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका समकक्षी शेख हसिनाबीच पैँचोमा मल उपलब्ध गराउनबारे टेलिफोनमा कुराकानी भएको थियो । भदौ दोस्रो सातामा प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका समकक्षी शेख हसिनाबीच भएको कुरामा पैँचोमा मल उपलब्ध गराउने मौखिक सहमति भएको थियो ।

मौखिक सहमतिमा ५० हजार मेट्रिक टन मल बंगलादेशबाट ल्याउने र सोही परिमाणमा पछि फिर्ता गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार बंगलादेशले अहिले मल नदिने भएपछि सोही मललाई जीटुजीमार्फत खरिद गर्न मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको आजको राजधानी दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?