जब आठ वर्षीया बालिकाले गरिन एक अन्तरिक्षयात्रीसँग कुरा

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १, २०७९
|
|
३७ पटक हेरिएको
Shares
जब  आठ वर्षीया बालिकाले गरिन एक अन्तरिक्षयात्रीसँग कुरा

सारांश

  • एजेन्सी ।
  • यूकेको केन्ट निवासी एक आठ वर्षीया बालिकाले आफ्नो बुबाको ह्याम रेडिओ भनिने सोखका लागि उपयोग गरिने उपकरण प्रयोग गरेर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएसमा रहेका एक अन्तरिक्षयात्रीसँग कुरा गरेकी छन्।
  • बालिकाले आईएसएस केन्टमाथिबाट घुम्दा इसाबेलाले अमेरिकी अन्तरिक्षयात्री चेल लिन्ड्ग्रनसँग झन्डै ४५ सेकेन्ड कुरा गर्न पाइन्।

एजेन्सी । यूकेको केन्ट निवासी एक आठ वर्षीया बालिकाले आफ्नो बुबाको ह्याम रेडिओ भनिने सोखका लागि उपयोग गरिने उपकरण प्रयोग गरेर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएसमा रहेका एक अन्तरिक्षयात्रीसँग कुरा गरेकी छन्।

बालिकाले आईएसएस केन्टमाथिबाट घुम्दा इसाबेलाले अमेरिकी अन्तरिक्षयात्री चेल लिन्ड्ग्रनसँग झन्डै ४५ सेकेन्ड कुरा गर्न पाइन्। डा. लिन्ड्ग्रनले त्यो वार्ता ूआफ्नो अहिलेसम्मकै सबैभन्दा मन परेको कुराकानी हुन सक्ने बताएका छन्।

इसाबेलाले उक्त कुराकानीलाई ‘अद्भुत’ को सङ्ज्ञा दिँदै भनिन ‘म आठ वर्षकी भन्ने थाहा पाउनेबित्तिकै उनको बोली सामान्यबाट हर्षित सुनियो।’

कुराकानीपछि ट्वीट गर्दै डा. लिन्ड्ग्रनले आफू पनि ह्याम रेडिओको सौखिन भएको जनाएर इसाबेलालाई सम्बोधन गर्दै लेखेः ‘कुरा गर्दा रमाइलो भयो, रेडिओमा आएर हेलो भनेकोमा धन्यवाद।’

इसाबेलाले भने त्यो घटनाले आफू प्रेरित भएको बताउँदै यसले ‘केटा र केटीहरू चाहेको जे पनि गर्न सक्छन’ भनेर प्रमाणित भएको बताइन्।

इसाबेलाका बुवा म्याथ्यूसँग १५ भन्दाअघिदेखि सौखिन रेडिओ सञ्चालन गर्ने अनुमति छ। उनले आईएसएस केन्टमाथिबाट जान लागेको थाहा पाएका थिए।

उनले भने‘आईएसएस हामीमाथिबाट गइरहेको सही समय र अन्तरिक्षयात्रीले ह्याम रेडिओ चलाइरहेको सही समय मिल्नुपर्छ।’

‘त्यो कुरा गर्ने मान्छे म नभएकोमा मलाई अलि लोभ लाग्यो। तर इसाबेलाले सम्पर्क गरेको कुरा निकै रमाइलो थियो।’

आमाबुबाले इसाबेलाले लामो समयदेखि अन्तरिक्ष र ह्याम रेडिओमा रुचि देखाएको बताएका छन्। ह्याम रेडिओ सञ्चालन गर्न यूकेमा अनुमति लिनुपर्छ। नेपालमा पनि ह्याम रेडिओ सञ्चालनका लागि अनुमति लिनुपर्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोदीले यसरी रचे इतिहास
रिलायन्स लाइफ इन्स्योरेन्सले गर्‍यो मेगाबैंक संग बैंकास्योरेन्स सम्झौता
रिलायन्स लाइफ इन्स्योरेन्सले गर्‍यो मेगाबैंक संग बैंकास्योरेन्स सम्झौता
शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि: प्रधानमन्त्री
शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि: प्रधानमन्त्री
सामाजिक सञ्जालमा विज्ञापनको होडले बिदेसियो १४ करोड भन्दा बढी !
सामाजिक सञ्जालमा विज्ञापनको होडले बिदेसियो १४ करोड भन्दा बढी !
लकडाउनमा ताजा तरकारी पाइएन ? मनोहरा कृषि बजारलाई फोन गर्नुस् चोकमा आइपुग्छ
लकडाउनमा ताजा तरकारी पाइएन ? मनोहरा कृषि बजारलाई फोन गर्नुस् चोकमा आइपुग्छ
मुलुकी संहिता प्रभावकारी कार्यान्वयन गरेर जानुपर्छ : प्रधानमन्त्री दाहाल
मुलुकी संहिता प्रभावकारी कार्यान्वयन गरेर जानुपर्छ : प्रधानमन्त्री दाहाल
उल्टो मोटरसाइकल चलाउने चित्रकुमारले पाए यस्तो उपहार
उल्टो मोटरसाइकल चलाउने चित्रकुमारले पाए यस्तो उपहार
प्रदेशबारे अझै अन्यौलमा छन् मतदाता
प्रदेशबारे अझै अन्यौलमा छन् मतदाता
खानेपानी मन्त्रीका कारण मेलम्चीको पानी आएन
खानेपानी मन्त्रीका कारण मेलम्चीको पानी आएन
काँग्रेसको चौधौंँ महाधिवेशन निष्पक्ष गर्ने वातावरण बनाउन माग
काँग्रेसको चौधौंँ महाधिवेशन निष्पक्ष गर्ने वातावरण बनाउन माग

तपाईंले छुटाउनुभयो कि?