उल्टो मोटरसाइकल चलाउने चित्रकुमारले पाए यस्तो उपहार

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २२, २०७४
|
|
३२ पटक हेरिएको
Shares
उल्टो मोटरसाइकल चलाउने चित्रकुमारले पाए यस्तो उपहार

सारांश

  • उदयपुर, २२ माघ ।
  • सुल्टो मोटरसाइकल त सबैले चलाउँछन् ।
  • उल्टो मोटरसाइकल चलाउने पनि हाम्रै नेपालमा छन् ।

उदयपुर, २२ माघ । सुल्टो मोटरसाइकल त सबैले चलाउँछन् । उल्टो मोटरसाइकल चलाउने पनि हाम्रै नेपालमा छन् । उल्टो मोटरसाइकल यात्रीको रुपमा साहसिक काम गर्ने चित्रकुमार कार्कीलाई कम्पनीले नै बजार मूल्य करिब ४ लाख बराबरको २३० सीसी यूएमडिएसआर मोटरसाइकल उपहार दिएको छ ।

उल्टो मोटरसाइकल यात्री उदयपुरका चित्रकुमार कार्कीलाई आइएमसी ग्रुपले अमेरिकन कम्पनीको तर्फबाट आइतबार मोटरसाइकल उपहार प्रदान गरेको छ । कम्पनी प्रतिनिधि उज्वल जोशी र आइएमी ग्रुपका कन्ट्री मेनेजर दीपेश कायस्थले एक समारोहबीच कार्कीलाई मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।

उल्टो मोटरसाइकल यात्री कार्कीले उपहारस्वरुप मोटरसाइकल पाएपछि आफूलाई अझ राम्रा र साहसिक कामहरु गर्दै जाने प्रेरणा मिलेको बताए । विश्व उल्टो मोटरसाइकल यात्रुको रुपमा गिनिज बुकमा नाम दर्ता गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको उनले बताए ।

मेची–महाकाली उल्टो मोटरसाइकल यात्रा गरिसकेका उनले आफूलाई सहयोग गरेर यो अवस्थासम्म पुराउने सम्पूर्णलाई सम्झिदै धन्यवाद ज्ञापन गरे । उनले विभिन्न सामाजिक कार्य समेत गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नै श्रीमानका साथीहरु बाट  सामूहिक बलात्कार र हत्या प्रयास !
आफ्नै श्रीमानका साथीहरु बाट सामूहिक बलात्कार र हत्या प्रयास !
तीजः भड्किलो हैन, सजिलो बनाऔँ
तीजः भड्किलो हैन, सजिलो बनाऔँ
गण्डकीका नव नियुक्त मन्त्रीहरुद्वारा पदबहाली
गण्डकीका नव नियुक्त मन्त्रीहरुद्वारा पदबहाली
ज्यान हत्केलामा राखेर भिर मौरीको शिकार
ज्यान हत्केलामा राखेर भिर मौरीको शिकार
गगन थापाको आह्वान : तीन दलका तीन प्रमुख नेतालाई विदाई गरौं (भिडिओसहित)
गगन थापाको आह्वान : तीन दलका तीन प्रमुख नेतालाई विदाई गरौं (भिडिओसहित)
‘नेपालीको हृदय सागरभन्दा गहिरो र नेपालको स्वाभिमान सगरमाथाभन्दा उच्च छ’–भारतीय प्रधानमन्त्री मोदी
‘नेपालीको हृदय सागरभन्दा गहिरो र नेपालको स्वाभिमान सगरमाथाभन्दा उच्च छ’–भारतीय प्रधानमन्त्री मोदी
काठमाडौं महानगरका मेयर र उपमेयरले लिए पद तथा गोपनियताको सपथ
काठमाडौं महानगरका मेयर र उपमेयरले लिए पद तथा गोपनियताको सपथ
नेविसंघको महाधिवेसन अन्यौलमा, बरिष्ठ उपाध्यक्ष सहित ७ ले दिए राजिनामा
नेविसंघको महाधिवेसन अन्यौलमा, बरिष्ठ उपाध्यक्ष सहित ७ ले दिए राजिनामा
लकडाउन अन्त भएको दिन एक सय जना संक्रमित थपिए
ठगीको आरोपमा पूर्व राष्ट्रिय फुटबल खेलाडी शाही पक्राउ ।
ठगीको आरोपमा पूर्व राष्ट्रिय फुटबल खेलाडी शाही पक्राउ ।

तपाईंले छुटाउनुभयो कि?