सुनचाँदीको मूल्यमा वृद्धि
सारांश
- शुक्रबार सुनचाँदीको भाउ वृद्धि भएको छ ।
- यस दिन सुन तोलामा एक हजारले बढेको छ ।
- नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँमा र तेजाबीको सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुन तोलामा एक हजारले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँमा र तेजाबीको सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार सुनको भाउ ओरालो लागेर प्रतितोला ९६ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यसैगरी चाँदी पनि शुक्रबार तोलामा ४५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा किनबेच हुँदैछ । बिहीबार चाँदी प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा शुक्रबार सुन प्रति अउन्स एक हजार ९४० डलरमा किनबेच हुँदैछ । बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ घटेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया