खानेपानी मन्त्रीका कारण मेलम्चीको पानी आएन

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २२, २०७६
|
|
३७ पटक हेरिएको
Shares
खानेपानी मन्त्रीका कारण मेलम्चीको पानी आएन

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले खानेपानी मन्त्री विना मगर र सचिवका कारण राजधानीबासीहरुले मेलम्चीको पानी पिउन नपाएको आरोप लगाएका छन्।
  • प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा ‘खानेपानी तथा सरसफाई विधेयक २०७५’ माथि को सैद्धान्तिक छलफलमा सहभागी हुदै सांसद केसीले अन्तिम चरणमा रहेको मेलम्ची आयोजनाको पानी मन्त्री र सचिवका कारण राजधानी आउन नपाएको दाबी गरेका हुन्।

काठमाडौं। नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले खानेपानी मन्त्री विना मगर र सचिवका कारण राजधानीबासीहरुले मेलम्चीको पानी पिउन नपाएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा ‘खानेपानी तथा सरसफाई विधेयक २०७५’ माथि को सैद्धान्तिक छलफलमा सहभागी हुदै सांसद केसीले अन्तिम चरणमा रहेको मेलम्ची आयोजनाको पानी मन्त्री र सचिवका कारण राजधानी आउन नपाएको दाबी गरेका हुन्।

‘काठमाडौं जस्तो ठाउँमा हामीले खानेपानी दिन सकेका छैनौं। मन्त्रीज्यू यहाँ हुनुहुन्छ, म अत्यन्तै दुखका साथ भन्न चाहन्छु हाम्रा स्वर्गीय कृष्णप्रसाद भट्टराईका २० औं वर्षको आयोजनाको रुपमा रहेको मेलम्ची तपाइँका कारणले मेलम्चीको खानेपानी राजधानीलाई उपलब्ध हुन सकेको छैन। मुखमा आएको गाँस सचिव र तपाइँका कारणले राजधानीबासीलाई पानी उपलब्ध हुन सकेको छैन, मन्त्रीज्यु यसमा क्लीयर गर्नुहोला। राजधानीबासी काकाकुल छन्।’

एक गाग्री पानीका लागि अहिले पनि र्कि्तिपुरनगरबासीहरु बिहानै देखि छटपटाएर हिड्ने गरेको भन्दै उनले खानेपानीको मुहान संरक्षणसहितको व्यवस्था विधेयकमा गर्न सुझाव दिए। उनले पानीको मुहान संरक्षण र स्रोत विस्तारका सवालमा विस्तृत अध्ययन गर्नु जरुरी रहेको बताए।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?