जरिवाना तिर्न नसक्दा फेरि जेल
सारांश
- काठमाडौं ।
- चोरी मुद्दामा दोषी ठहर भई एक महिना जेल भुक्तान गरिसकेका एक व्यक्ति अदालतले तोकेको २३ लाख ८३ हजार जरिवाना तिर्न नसकेपछि जेल चलान भएका छन् ।
- अर्का एकजना भने जरिवाना तिरेर छुटेका छन् ।
काठमाडौं । चोरी मुद्दामा दोषी ठहर भई एक महिना जेल भुक्तान गरिसकेका एक व्यक्ति अदालतले तोकेको २३ लाख ८३ हजार जरिवाना तिर्न नसकेपछि जेल चलान भएका छन् । अर्का एकजना भने जरिवाना तिरेर छुटेका छन् । अदालतले तोकेको रकम तिर्न नसकेपछि कागेश्वरी मनोहरा वीरेन्द्रचोक बस्ने २८ वर्षीय दामोदर श्रेष्ठ जेल गएका हुन् ।
उनीसँगै मुद्दा लागेका काठमाडौं २१ का रजन कारञ्जितले अदालतले तोकेको जरिवाना बुझाएर छुटेको प्रहरीले जनाएको छ । अदालतले तोकेको जरिवाना बुझाउन नसके फेरि जेल बसेर भुक्ता गर्नुपर्ने कानुन छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो ।
उनीहरु दुवैजना २०७० सालमा कमलादीमा रहेको ट्रेड लिङ्क इन्टरनेशनल प्रालिको झ्यालको जाली काटी कोठामा गएर विद्युतीय सामग्री, मोबाइल तथा नगदसहित १५ लाख ८९ हजार बराबरको धनमाल चोरी गरेको आरोपमा दोषी ठहर भएका हुन् ।
चोरी मुद्दाका उनीहरुलाई उच्च अदालत पाटनको गत असार ११ गतेको फैसलाले बिगोबमोजिम जनही २३ लाख ८३ हजार रुपैयाँ जरिवाना र एक महीना १५ दिन कैद हुने ठहर गरेको थियो । कैद समय भने उनीहरुले यसअघि भुक्तान गरिसकेको जनाइएको छ ।
प्रतिक्रिया