न्यायाधीश दीपकराज जोशी सोमवारसम्म बिदामा
सारांश
- काठमाडौं २० पुस ।
- सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी आजदेखि बिदामा बसेका छन् ।
- उनी सर्वोच्च अदालत प्रशासनलाई जानकारी दिएर बिदामा बस्नु भएको हो ।
काठमाडौं २० पुस । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी आजदेखि बिदामा बसेका छन् । उनी सर्वोच्च अदालत प्रशासनलाई जानकारी दिएर बिदामा बस्नु भएको हो । उनी हिजो सर्वोच्च अदालत पुगे पनि कुनै जिम्मेवारी नपाएपछि हाजिर गरेर फर्किएका थिए ।
जोशी आगामी सोमबारसम्म बिदामा बस्नेछन् । जोशीलाई हिजो सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश र न्यायपरिषद्को सदस्यबाट समेत हटाइएको थियो । नयाँ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले गत बुधबारदेखि नै उहाँलाई मुद्दाको पेशी तोक्न छोडेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया