जलवायु सम्मेलन पोल्यान्डमा शुरु, राष्ट्रपति भण्डारीको सम्बोधन आजै

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १७, २०७५
|
|
३० पटक हेरिएको
Shares
जलवायु सम्मेलन पोल्यान्डमा शुरु, राष्ट्रपति भण्डारीको सम्बोधन आजै

सारांश

  • काठमाडौं, १७ मंसिर ।
  • राष्ट्रसंघीय जलवायु सम्मेलन पोल्यान्डमा सुरु भएको छ ।
  • सम्मेलनमा विश्वका झन्डै २ सय राष्ट्रका प्रतिनिधि सहभागी भएका छन् ।

काठमाडौं, १७ मंसिर । राष्ट्रसंघीय जलवायु सम्मेलन पोल्यान्डमा सुरु भएको छ । सम्मेलनमा विश्वका झन्डै २ सय राष्ट्रका प्रतिनिधि सहभागी भएका छन् । जलवायु समस्याबारे छलफल हुने कोप–ट्वेन्टी फोर शिखर सम्मेलनमा विश्वका नेताहरूले सन् २०१५ मा भएको जलवायुसम्बन्धी पेरिस सम्झौतालाई कार्यान्वयनमा लैजान पहल गर्ने अपेक्षा गरिएको छ ।

यता सम्मेलनमा सहभागि हुन पोल्याण्ड पुग्नुभएका राष्ट्रपति विद्यादेवी भणडरीले नेपालको जलवायुका बिषयमा जानकारीसहित सम्बोधन गर्दै हुनुहुन्छ । उहाँले जलवायु परिवर्तनका कारण निम्तिएको जोखिम नियन्त्रणका लागि एक भएर अघि बढ्न विश्व नेताहरूलाई आग्रह गर्नुहुनेछ । पेरिस सम्झौतामा जलवायु परिवर्तनका कारण विश्व तापमान वृद्धिमा देखिएको समस्यालाई रोक्न एक भएर लाग्ने सन्देश प्रवाह गरेको थियो ।

जलवायु परिवर्तनका कारण वातावरणमा देखिएको तापमान वृद्धिका कारण विनाशकारी डढेलो, उष्णवायु, आँधी, तूफान साथै सामुद्रिक सतहको वृद्धिजस्ता समस्या विकराल रूपमा देखिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?