विषालु च्याउ खाँदा दुईको मृत्यु, ९ बिरामी

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २७, २०७६
|
|
२८ पटक हेरिएको
Shares
विषालु च्याउ खाँदा दुईको मृत्यु, ९ बिरामी

सारांश

  • काठमाडौं २७ जेठ ।
  • जंगलबाट टिपेको विषालु च्याउ खादा पाल्पामा एकै घरका दुई जनाको मृत्यु भएको छ।
  • ९ जना बिरामी परेका छन्।

काठमाडौं २७ जेठ । जंगलबाट टिपेको विषालु च्याउ खादा पाल्पामा एकै घरका दुई जनाको मृत्यु भएको छ। ९ जना बिरामी परेका छन्। निस्दी गाउँपालिका ३ कार्कीडाँडाकी ९ वर्षीया निर्मला सिंह ठकुरी र चार वर्षीय विष्णु सिंह ठकुरीको मृत्यु भएको हो।

निर्मलाको शनिबार राति १० बजे र विष्णुको आइतबार दिउँसो साढे ४ बजे उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।च्याउ खाएर बिरामी परेका ९ जनाको मध्यविन्दु अस्पताल नवलरपुरमा उपचार भइरहेको छ।

उनीहरुको स्वास्थ्यमा सुधार हुँदै गएको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । जेठ २४ गते शुक्रबर साँझ जंगलबाट ल्यएको च्याउको तरकारी खाँदा उनीहरु बिरामी परेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?