नेपाल र दक्षिण कोरियाबीच कामदार लैजाने सम्झौता नविकरण

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन ६, २०७५
|
|
२७ पटक हेरिएको
Shares
नेपाल र दक्षिण कोरियाबीच कामदार लैजाने सम्झौता नविकरण

सारांश

  • काठमाडौं ।
  • नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कामदार लैजाने सम्बन्धी सम्झौता नवीकरण भएको छ।
  • नविकरणपछि नेपाली कामदार कोरियामा जान पाउनेछन् ।

काठमाडौं । नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कामदार लैजाने सम्बन्धी सम्झौता नवीकरण भएको छ। नविकरणपछि नेपाली कामदार कोरियामा जान पाउनेछन् ।

दुई वर्षअघि नेपाल–कोरियाबीच भएको उक्त समझदारीको अवधि असोज ४ गतेसम्म मात्रै रहेको थियो। प्रत्येक दुईरदुई वर्षमा समझदारी नवीकरण हुँदै आएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले दक्षिण कोरियाली समकक्षी ली जेइ क्यापले पठाएको सम्झौता नवीकरण समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । विष्टले हस्ताक्षर गरेपछि सम्झौताको नवीकरण भएको हो।

वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले आगामी दुई वर्षका लागि इपिएस प्रणालीमार्फत नेपाली कामदार कोरिया लैजाने सम्झौता नवीकरण भएको जानकारी दिए।

इपिएस प्रणाली मार्फत अहिलेसम्म ५४ हजार ३६३ नेपाली कामदार दक्षिण कोरिया गएका छन् जसमा महिला तीन हजार ३३८ र पुरुष ५१ हजार २५ छन्। हाल दक्षिण कोरियामा करीब ३५ हजार नेपाली कामदार कार्यरत रहेको शाखाले जनाएको छ। सन् २०१८ को भाषा परीक्षाबाट सात हजार ९९८ कामदार कोरिया जाँदैछन्।

नेपाल सरकार र दक्षिण कोरियाबीच भएको समझदारी अनुसार सन् २००८ देखि इपिएस प्रणालीमार्फत रोजगारीका लागि नेपाली कामदार दक्षिण कोरिया जान थालेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सदनलाई जानकारी चाहियो : प्रदीप ज्ञवाली
प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सदनलाई जानकारी चाहियो : प्रदीप ज्ञवाली
कानुनको कुरा जनताको दैनिकीसँग जोडिनुपर्छ : अध्यक्ष तिमिल्सिना
कानुनको कुरा जनताको दैनिकीसँग जोडिनुपर्छ : अध्यक्ष तिमिल्सिना
विश्व कप विजेताले पाए ४० करोड
विश्व कप विजेताले पाए ४० करोड
आमसञ्चार क्षेत्रमा समावेशी सवाल इन्द्रधनुष जस्तै देखिनुपर्ने निष्कर्ष
आमसञ्चार क्षेत्रमा समावेशी सवाल इन्द्रधनुष जस्तै देखिनुपर्ने निष्कर्ष
सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गर्न प्रधानमन्त्रीको आग्रह
सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गर्न प्रधानमन्त्रीको आग्रह
सुन तस्करी प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ
सुन तस्करी प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ
जैश–ए–मोहम्मदका प्रमुखका भाइसहित ४४ आतंकवादी पाकिस्तानको नियनन्त्रणमा
जैश–ए–मोहम्मदका प्रमुखका भाइसहित ४४ आतंकवादी पाकिस्तानको नियनन्त्रणमा
एसईई परीक्षाफलको त्रुटि: छानबिन समिति गठन
एसईई परीक्षाफलको त्रुटि: छानबिन समिति गठन
गायक दुर्गेश थापा प्रहरी नियन्त्रणमा
गायक दुर्गेश थापा प्रहरी नियन्त्रणमा
काठमाडौँमा खतराः जिल्ला जिल्लामा कोरोना संक्रमित बढ्न थालेपछि काठमाडौँ आउने बढे
काठमाडौँमा खतराः जिल्ला जिल्लामा कोरोना संक्रमित बढ्न थालेपछि काठमाडौँ आउने बढे

तपाईंले छुटाउनुभयो कि?