जागिरको प्रलोभन देखाएर क्रिश्चियन बनाएपछि…
सारांश
- काठमाडौं,२४ वैशाख ।
- क्रिश्चियन बनेमात्र जागिर लगाइदिन्छु भन्दै धर्म परिवर्तन गर्ने तीनजना महिलालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ।
- काठमाडौंको नागार्जुनकी ४१ वर्षीय सुमित्रा गौली, चितवन भरतपुर महानगरपालिका १६ की ४२ वर्षीय फूलदेवी भट्टराई र काठमाडौं कलंकीकी ३६ वर्षीय राधिका महर्जन धर्म परिवर्तन गराएको आरोपमा समातिएका हुन्।
काठमाडौं,२४ वैशाख । क्रिश्चियन बनेमात्र जागिर लगाइदिन्छु भन्दै धर्म परिवर्तन गर्ने तीनजना महिलालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंको नागार्जुनकी ४१ वर्षीय सुमित्रा गौली, चितवन भरतपुर महानगरपालिका १६ की ४२ वर्षीय फूलदेवी भट्टराई र काठमाडौं कलंकीकी ३६ वर्षीय राधिका महर्जन धर्म परिवर्तन गराएको आरोपमा समातिएका हुन्।
उनीहरुले चितवन भरतपुर नगरपालिका वडा २७ की ३८ वर्षीय लक्ष्मी भट्टराईलाई सीतापाइलास्थित एक चर्चमा लगेर धर्म परिवर्तन गर्न लगाएको र जागिरको प्रलोभन देखाएको प्रहरीले जानकारी दिएको छ।
भट्टराईको उजुरीका आधारमा यी तीन महिलालाई पक्राउ गरिएको हो।
आफूलाई क्रिश्चियन बनेमात्र जागिर लगाइदिने भनेर फकाएको पीडित भट्टराईले काठमाडौँ प्रहरीलाई बताएको एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।
पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ। मुलुकी ऐनअनुसार धर्म परिवर्तन गर्न लगाएको वा गराएको प्रमाणित भएमा ३ वर्षसम्म जेल सजाय हुनसक्ने छ।
Rudra Ghimire
Sida thok goli chaati ma janta yak vayar