पूर्वी रुकुममा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु
सारांश
- काठमाडौं, २ साउन ।
- पूर्वी रुकुममा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
- रुकुमको सदरमुकाम रुकुमकोटबाट तकसेराका यात्रुहरु बोकेर धौलापैराका लागि हिडेको लु १ ज २५७३ नम्बरको जीप सडकबाट करीव २ सय ५० मिटर तल खसेको छ ।
काठमाडौं, २ साउन । पूर्वी रुकुममा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । रुकुमको सदरमुकाम रुकुमकोटबाट तकसेराका यात्रुहरु बोकेर धौलापैराका लागि हिडेको लु १ ज २५७३ नम्बरको जीप सडकबाट करीव २ सय ५० मिटर तल खसेको छ ।
उक्त दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा ७ जना घाइते भएका छन् । यो समाचार तयार पार्दासम्म मृतकहरुको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा परी घाइते भएकाहरुलाई जिल्ला जनस्वास्थ्य कार्यालय रुकुम लगिएको छ । घाइतेहरुको उद्दारका लागि जिल्ला प्रहरी र्काालय रुकुमको टोली खटिएको सिस्ने गाउँपालिका २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया