नेविसङ्घको तदर्थ समिति एक साताभित्र : सह-महामन्त्री महत

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १६, २०७५
|
|
३४ पटक हेरिएको
Shares
नेविसङ्घको तदर्थ समिति एक साताभित्र : सह-महामन्त्री महत

सारांश

  • नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले एक साताभित्रमा नेपाल विद्यार्थी सङ्घको तदर्थ समिति गठन गरिने बताउनुभएको छ ।
  • शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उहाँले तदर्थ समिति गठनका लागि गृहकार्य भइरहेको जानकारी दिनुभयो ।
  • नेता डा महतले यसअघि नेविसङ्घ केन्द्रीय समितिको कार्यकाल सकिएपछि स्वतः भङ्ग भएसँगै रिक्त रहेकोमा तदर्थ समिति गठन गर्न लागिएको बताउँदै गठित तदर्थ समितिले ६ महिनाभित्रमा महाधिवेशन गरी सक्नुपर्ने उहाँले बताउनुभयो ।

नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले एक साताभित्रमा नेपाल विद्यार्थी सङ्घको तदर्थ समिति गठन गरिने बताउनुभएको छ ।

शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उहाँले तदर्थ समिति गठनका लागि गृहकार्य भइरहेको जानकारी दिनुभयो । नेता डा महतले यसअघि नेविसङ्घ केन्द्रीय समितिको कार्यकाल सकिएपछि स्वतः भङ्ग भएसँगै रिक्त रहेकोमा तदर्थ समिति गठन गर्न लागिएको बताउँदै गठित तदर्थ समितिले ६ महिनाभित्रमा महाधिवेशन गरी सक्नुपर्ने उहाँले बताउनुभयो ।

नेता डा महतले नेविसङ्घको विधानअनुरुप अबको महाधिवेशनले ३२ वर्षभित्रका विद्यार्थीलाई मात्र नेतृत्वमा ल्याउन सक्छ तर तदर्थ समितिमा भने उमेरको हद लागू नहुने बताउँदै सरकारका काम कारवाही चित्त बुझ्दो नरहेको आरोप लगाउनुभयो ।

लगानी सम्मेलन महत्वपूर्ण भएपनि यसका लागि सरकारले व्यापक गृहकार्य गर्न नसकेको बताउँदै उहाँले सम्मेलनलाई सबैले सफल बनाउनुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३१ कानून खारेज र ३६ कानून एकीकृत गरिएको मुलुकी देवानी संहिता भदौ १ देखि लागू हुँदै
३१ कानून खारेज र ३६ कानून एकीकृत गरिएको मुलुकी देवानी संहिता भदौ १ देखि लागू हुँदै
गाएक अंकित नेउपानेकाे ‘ती रातहरू २’ नामक गित रिलिज
गाएक अंकित नेउपानेकाे ‘ती रातहरू २’ नामक गित रिलिज
सत्ताबाट हटाउने प्रयास विफल पार्न ओलीले तयार गरेका यी अस्त्र
निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी कुनै कानुन बनाउँदैनौँ  : प्रधानमन्त्री
निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी कुनै कानुन बनाउँदैनौँ : प्रधानमन्त्री
सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो
सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो
लैङ्गिक पहिचानको नागरिकतामा चिकित्सकको प्रमाणपत्रको व्यवस्थाप्रति आपत्ति
लैङ्गिक पहिचानको नागरिकतामा चिकित्सकको प्रमाणपत्रको व्यवस्थाप्रति आपत्ति
कोरोनाविरुद्धको हतियारः माग धान्नै गाह्रो, आविष्कारको काम धमाधम
कोरोनाविरुद्धको हतियारः माग धान्नै गाह्रो, आविष्कारको काम धमाधम
अमर्यादित क्रियाकलाप गरेको भन्दै ऋषि धमलालाई स्पष्टीकरण
अमर्यादित क्रियाकलाप गरेको भन्दै ऋषि धमलालाई स्पष्टीकरण
पार्टी एकताको समझदारीलाई अतिरञ्जित किन बनाउनु पर्योः प्रचण्ड
पार्टी एकताको समझदारीलाई अतिरञ्जित किन बनाउनु पर्योः प्रचण्ड
पण्डितलाई भारतको विश्वविद्यालयबाट विद्यावारिधिकाे उपाधि !
पण्डितलाई भारतको विश्वविद्यालयबाट विद्यावारिधिकाे उपाधि !

तपाईंले छुटाउनुभयो कि?