नेताहरु लाम लागेर विदेश भ्रमणमा, हेर्नुस् को कहाँ गए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ४, २०७५
|
|
३१ पटक हेरिएको
Shares
नेताहरु लाम लागेर विदेश भ्रमणमा, हेर्नुस् को कहाँ गए

सारांश

  • काठमाडाैं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल चारदिने चीन भ्रमण सकेर बुधबार राति स्वदेश फर्किएका छन्।
  • भदौ ३० गते चीन गएका दाहाल स्वदेश फर्किए पनि प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेता विदेश जाने तयारीमा छन् ।
  • प्रधानमन्त्री ओली असोज ६ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदैछन्।

काठमाडाैं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल चारदिने चीन भ्रमण सकेर बुधबार राति स्वदेश फर्किएका छन्। भदौ ३० गते चीन गएका दाहाल स्वदेश फर्किए पनि प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेता विदेश जाने तयारीमा छन् । प्रधानमन्त्री ओली असोज ६ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदैछन्। उनीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि अमेरिका जाँदैछन्। प्रधानमन्त्री ओलीले असोज ११ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

उपराष्ट्रपति नन्दबहादुर पुन पनि बुधबार चीन गएका छन्। उपराष्ट्रपति पुन ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा सहभागी हुन चीन गएका हुन्। उनी ८ गते स्वदेश फर्कने कार्यक्रम छ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपाका नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि अहिले विदेश भ्रमणमा छन्। नेकपाका सचिवालय सदस्यसमेत श्रेष्ठ चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ २९ गते त्यसतर्फ गएका हुन्। उनको टोली फर्केको छैन। नेता नेपाल साताव्यापी विदेश भ्रमणका क्रममा बुधबार घानातर्फ लागेका हुन्। उनीसँगै नेकपा स्थायी समिति सदस्य पम्फा भुसाल पनि गएकी छिन्। घानाको सोसलिस्ट पार्टीले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन त्यसतर्फ लागेका नेपाल र भुसाल ९ गते स्वदेश फर्कनेछन्।

कांग्रेस वरिष्ठ नेता पौडेल दुई साता लामो युरोप भ्रमणमा छन्। पार्टीका जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुन युरोप गएका पौडेल ११ गते स्वदेश फर्कने कार्यक्रम छ।

त्यस्तै नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई, पत्नी हिसिला यमीसहित अमेरिका गएका हुन्। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित ६ दिने विदेश भ्रमणका लागि चीन गएका छन्। नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल पनि चीन भ्रमणमा छन्। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि बुधबार चीन गएका छन्। सभामुख कृष्णबहादुर महरा केही दिनअघि चीनको भ्रमण गरेर फर्केका छन्।

आजको नागरिक दैनिकमा खबर छ ।

(ausoma.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानवीय त्रुटिका कारण पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना : जाँचबुझ आयोगको प्रतिवेदन
मानवीय त्रुटिका कारण पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना : जाँचबुझ आयोगको प्रतिवेदन
सिलवाल असुरक्षित भएको कुरा निराधार होइन : केपी ओली
सिलवाल असुरक्षित भएको कुरा निराधार होइन : केपी ओली
काठमाडौंका सडकमा ज्यान जोगाएर हिड्नुस् है!
काठमाडौंका सडकमा ज्यान जोगाएर हिड्नुस् है!
नेपाली सरकारी कर्मचारी भारतीय प्रहरीको फन्दामा !
नेपाली सरकारी कर्मचारी भारतीय प्रहरीको फन्दामा !
भरतपुर अस्पतालमा प्रसूति गराउन आउनेमा अकस्मात समस्या
भरतपुर अस्पतालमा प्रसूति गराउन आउनेमा अकस्मात समस्या
अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको पुष्टि
अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको पुष्टि
राष्ट्रिय हितको रक्षामा सरकार संवेदनशील छ : प्रधानमन्त्री दाहाल
राष्ट्रिय हितको रक्षामा सरकार संवेदनशील छ : प्रधानमन्त्री दाहाल
गण्डकीमा आज नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री
गण्डकीमा आज नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री
कोरोनाको कहरबीच पनि वृद्धाश्रममा सहयोग
कोरोनाको कहरबीच पनि वृद्धाश्रममा सहयोग
पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान सिचुआन एयरलाइन्सले भर्ने
पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान सिचुआन एयरलाइन्सले भर्ने

तपाईंले छुटाउनुभयो कि?