जाजरकोटमा यात्रुबस दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या २७ पुग्यो

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २८, २०७३
|
|
९८३ पटक हेरिएको
Shares
जाजरकोटमा यात्रुबस  दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या २७ पुग्यो

सारांश

  • जाजरकोटको भेरीमालिका नगरपालिका-४ पासागाढमा यात्रुबस दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या २७ पुगेको छ ।
  • शुक्रबार राति नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा थप एकजनाको मृत्यु भएपछि दुर्घटनामा मृतकको संख्या २७ पुगेको हो ।
  • नेपालगञ्ज मेडिकल कलेजका सहायक निर्देशक तथा सूचना अधिकारी डा.

जाजरकोटको भेरीमालिका नगरपालिका-४ पासागाढमा यात्रुबस दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या २७ पुगेको छ । शुक्रबार राति नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा थप एकजनाको मृत्यु भएपछि दुर्घटनामा मृतकको संख्या २७ पुगेको हो ।

नेपालगञ्ज मेडिकल कलेजका सहायक निर्देशक तथा सूचना अधिकारी डा. रोमन किदवाईका अनुसार उपचारको क्रममा शुक्रबार राति आठ बजेतिर जाजरकोट निवासी २३ वर्षीय राम बहादुरको मृत्यु भएको हो ।

जाजरकोट सदरमुकाम खलंगाबाट साल्माको खारा जाादै गरेको ना ३ ख २२७९ नम्बरको बस गत बिहीबार दिउासो दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै र १३ जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

नेपालगञ्ज मेडिकल कलेजमा उपचारका लागि ल्याइएका १८ जना घाइतेहरुमध्ये ५ जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

(Belbien)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?