भर्ना अभियान मात्रै होइन, टिकाउ अभियान पनि चाहिन्छ : अध्यक्ष सापकोटा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३, २०७६
|
|
२२ पटक हेरिएको
Shares
भर्ना अभियान मात्रै होइन, टिकाउ अभियान पनि चाहिन्छ : अध्यक्ष सापकोटा

सारांश

  • वैशाख ३, काठमाण्डौ ।
  • र।
  • ाष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठनका अध्यक्ष ऋतुराज सापकोटाले आफूहरुले मनोमानी शुल्क नलिएको दावी गरेका छन् ।

वैशाख ३, काठमाण्डौ । र।ाष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठनका अध्यक्ष ऋतुराज सापकोटाले आफूहरुले मनोमानी शुल्क नलिएको दावी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै सापकोटाले स्थानीय निकायले तोकेको मापदण्डभित्र रहेर भर्ना शुल्क लिइएको दावी गरेका हुन् ।

वैज्ञानिक ढंगले निर्धारण गरिएको शुल्कलाई लागु गरिएको सापकोटाले बताए । नियमअनुसार १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति पनि हरेक विद्यालयले दिएको सापकोटाले बताए ।

सरकारले ल्याएको विद्यार्थी भर्ना अभियानलाई पनि निजी विद्यालयहरुले सहयोग गर्ने सापकोटाले बताए । तर सरकारले ६१ सालदेखि सुरु गरेको अभियान सफल भने हुन नसकेको बताए ।

भर्ना अभियानभन्दा बढि विद्यार्थीलाई विद्यालयमा टिकाउ अभियान पनि सुरु गर्नुपर्ने सापकोटाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?