जाजरकोट भूकम्प अपडेटः जाजरकोट र रुकुम पश्चिममा गरी ८० जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १८, २०८०
|
|
२३ पटक हेरिएको
Shares
जाजरकोट भूकम्प अपडेटः जाजरकोट र रुकुम पश्चिममा गरी ८० जनाको मृत्यु

सारांश

  • काठमाडाैं।
  •   जाजरकोटलाई केन्द्र बनाएर मध्यरातमा गएको भूकम्पमा परी हालसम्म ८० जनाको मृत्यु भएको पुष्टि भएको छ।
  • गएराति राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.

काठमाडाैं।  जाजरकोटलाई केन्द्र बनाएर मध्यरातमा गएको भूकम्पमा परी हालसम्म ८० जनाको मृत्यु भएको पुष्टि भएको छ। गएराति राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको थियो।

भूकम्पबाट सबैभन्दा बढी जाजरकोट र रुकुम पश्चिम प्रभावित भएका छन्। जाजरकोटमा मात्रै ४४ जनाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए। एक सय भन्दा बढी घाइते भएका छन्।

यस्तै रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको हाम्रा सम्वाददता अमरराज पुनले जानकारी दिएका छन्। त्यहाँ पनि सय बढी घाइते भएका छन्। मध्यरातमा भूकम्प गएकाले थप क्षति भएको हुनसक्ने अनुमान गरिएको छ।

भूकम्पले रुकुम पश्चिमका आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिका बढी प्रभावित भएका छन्।

यसैगरी जाजरकोटको नलगाड नगरपालिका बढी प्रभावित भएको छ। भूकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि मृत्यु भएको छ। सदरमुकामै रहेको घर भत्किँदा उनको मृत्यु भएको हो।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?