आफैँले चलाएको गोली लागेर सैनिक घाइते

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ४, २०७५
|
|
२७ पटक हेरिएको
Shares
आफैँले चलाएको गोली लागेर सैनिक घाइते

सारांश

  • डोल्पा, ४ साउन – डोल्पामा एकजना नेपाली सेनाका जवान आफैले चलाएको गोली लागेर सख्त घाइते भएका छन् ।
  • बिहीबार ड्यूटीमा रहेका २२ वर्षीय ध्रुव चन्दले असावधानीवश आफैँले गोली चलाउँदा घाइते भएका हुन् ।
  • शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सुलिगाडमा रहेको ईश्वरी बक्स गुल्ममा कार्यरत सेनाका जवानले आफै गोली चलाई घाइते भएका थिए ।

डोल्पा, ४ साउन – डोल्पामा एकजना नेपाली सेनाका जवान आफैले चलाएको गोली लागेर सख्त घाइते भएका छन् ।

बिहीबार ड्यूटीमा रहेका २२ वर्षीय ध्रुव चन्दले असावधानीवश आफैँले गोली चलाउँदा घाइते भएका हुन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सुलिगाडमा रहेको ईश्वरी बक्स गुल्ममा कार्यरत सेनाका जवानले आफै गोली चलाई घाइते भएका थिए ।

आफैँले हानेको गोलीले उनको चिउँडो, मुख, ओठ र नाक पूरै च्यातिएको जिल्ला अस्पताल डोल्पाका मेडिकल सर्जन डा अनुप मंगल समालले जानकारी दिए । डा अनुपले एक्सिडेण्टल बुलेट केस (बन्दूकबाट भएको दूर्घटना) भएकाले बिरामीले बोल्न नसक्ने र उनको उपचार डोल्पामा हुन नसक्ने भएपछि काठमाडौँ लैजान सल्लाह दिएको बताए । उनले भने, “अवस्था गम्भीर छ, तर काठमाडाँैमा उपचार हुन्छ, बिरामीको होस् गुमेको भने छैन ।”

ड्यूटीमा रहेका जवानले एकैपटक गोली चलाएर हतियार पड्केको आवाज आएपछि मात्र अरुले थाहा पाएको सेनाले जानकारी दिएको छ । सेनाका अनुसार तत्काल जिल्ला अस्पतालमा उपचारका लागि लगेको र थप उपचारका लागि प्रदेश केन्द्रबाट हेलिकोप्टरको व्यवस्था गरी सुर्खेत हँुदै काठमाडौँ लगिएको छ ।

घटना कसरी घट्यो भन्नेबारे थप अनुसन्धान भइरहेकाले घटनाका बारेमा तथ्य कुरा भन्न नसकिने ईश्वरीबक्स गुल्मका गुल्मपति जेनिथ जवेगुले बताए । ड्यूटीमा रहेका २२ वर्षीय ध्रुवको स्थायी घर कैलालीको धनगढीमा भएको नेपाली सेनाले जानकारी दिएको छ । रासस

(ncal.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पक्राउ परे गुन्डा नाइके लामा
केपी ओलीले संसद विघटन ठिक थियो भनेपछि विकल्प खोज्यौँ : प्रधानमन्त्री प्रचण्ड
केपी ओलीले संसद विघटन ठिक थियो भनेपछि विकल्प खोज्यौँ : प्रधानमन्त्री प्रचण्ड
अर्जुन कपुर मलाइका अरोराको घरमा, बुबाआमासँग हात माग्न गएको अनुमान !
अर्जुन कपुर मलाइका अरोराको घरमा, बुबाआमासँग हात माग्न गएको अनुमान !
पर्खाल भत्किँदा आठ मजदुरको मृत्यु
पर्खाल भत्किँदा आठ मजदुरको मृत्यु
People cognizant of family planning measures but not using them widely: Survey
People cognizant of family planning measures but not using them widely: Survey
रित्तो जिन्दगी
रित्तो जिन्दगी
अाक्रामक शैलिमा उत्रदै युवासंघ , २ नंम्बर प्रदेशमा पनि एमाले पहिलो हुने अध्यक्ष  पहारीको ; दाबि,
अाक्रामक शैलिमा उत्रदै युवासंघ , २ नंम्बर प्रदेशमा पनि एमाले पहिलो हुने अध्यक्ष पहारीको ; दाबि,
वैदेशिक रोजगारीमा ठगी रोकिएन, अनलाइन प्रणालीमै पनि यसरी ठग्न थालियो
वैदेशिक रोजगारीमा ठगी रोकिएन, अनलाइन प्रणालीमै पनि यसरी ठग्न थालियो
नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज
नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज
उद्योगपति व्यापारीलाई सरकारले पाता कस्दै, को–को जाँदैछन् जेल ? कालोबजारियालाई यस्तो हुँदैछ कडा कारवाही
उद्योगपति व्यापारीलाई सरकारले पाता कस्दै, को–को जाँदैछन् जेल ? कालोबजारियालाई यस्तो हुँदैछ कडा कारवाही

तपाईंले छुटाउनुभयो कि?