पत्रकार डोमा शेर्पा सगरमाथा आरोहणमाः महासंघले गर्यो बिदाई
सारांश
- काठमाडौं, २६ चैत ।
- नेपाल पत्रकार महासंघले सगरमाथा आरोहणमा जान लागेकी पत्रकार महिला डोमा शेर्पालाई सफलताको शुभकामनासहित बिदाई गरेको छ ।
- महासंघमा आज आयोजित कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले सफलताको शुभकामना दिँदै पत्रकार महिला सगरमाथा आरोहणमा सफल भए महासंघको गरिमा अझ बढ्ने बताए ।
काठमाडौं, २६ चैत । नेपाल पत्रकार महासंघले सगरमाथा आरोहणमा जान लागेकी पत्रकार महिला डोमा शेर्पालाई सफलताको शुभकामनासहित बिदाई गरेको छ ।
महासंघमा आज आयोजित कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले सफलताको शुभकामना दिँदै पत्रकार महिला सगरमाथा आरोहणमा सफल भए महासंघको गरिमा अझ बढ्ने बताए । उनले महिला पत्रकारको सगरमाथा आरोहणले समाज रुपान्तरणमा सहयोग पुग्ने धारणा पनि व्यक्त गरे ।
पत्रकार शेर्पाले महिला सशक्तिकरणका लागि आफू सगरमाथा आरोहणमा जान लागेको जानकारी दिए । उनले हिमाली क्षेत्रका सही सूचनालाई बाहिर ल्याउन आरोहणले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । सगरमाथा आरोहणका क्रममा पत्रकार शेर्पा चैत्र २७ गते सोलुखुम्बु जिल्लाको लुक्ला जाने कार्यक्रम छ । 
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया