जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्न जिल्ला सभा रहने:सीडीओ रहन्छ कि रहन्न ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २०, २०७३
|
|
४३१ पटक हेरिएको
Shares
जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्न जिल्ला सभा रहने:सीडीओ रहन्छ कि रहन्न ?

सारांश

  • मुलुक स्थानीय तहको चुनावमा होमिएको छ ।
  • निर्वाचन आयोगको चुनावको अन्तिम तयारीमा जुटेको छ भने सरकार मधेसी मोर्चासँग सहमति जुटाउन प्रयासरत छ ।
  • तर, संविधान जारी भएपछि पहिलो हुन लागेको स्थानीय चुनाव भएकाले जति उत्साह छ, त्यति नै अन्योल पनि छ ।
मुलुक स्थानीय तहको चुनावमा होमिएको छ । निर्वाचन आयोगको चुनावको अन्तिम तयारीमा जुटेको छ भने सरकार मधेसी मोर्चासँग सहमति जुटाउन प्रयासरत छ ।
तर, संविधान जारी भएपछि पहिलो हुन लागेको स्थानीय चुनाव भएकाले जति उत्साह छ, त्यति नै अन्योल पनि छ । संविधान कार्यान्वयनको दिशामा एउटा महत्वपूर्ण कदम हुने भएकाले स्थानीय चुनावप्रति आम जनताको निकै उत्साह छ ।
तर, संवैधानिक प्रावधानबारे यथेष्ट बहस नहुँदा केही अन्योल पनि कायमै छ । यसै मध्येको एक होस्थानीय तहको चुनावपछि जिल्लाको हैसियत के ? सीडीओ रहन्छ कि रहन्न ?
संविधानमा राज्यको मूल संरचना केन्द्र, प्रदेश र स्थानीय तह गरी तीन तह हुन्छ भनिएको छ । तर, प्रदेशहरु बनाउँदा नवलपरासी र रुकुमबाहेक अरु जिल्ला टुक्राइएको छैन भने स्थानीय तहहरु बनाउँदा जिल्लाको संरचना तोडिएको छैन ।
साथै संविधानको धारा २२० मा जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्न जिल्ला सभा रहने भनिएको छ ।

जिल्लाभित्रका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख जिल्लासभाका सदस्य हुनेछन् । गाउँसभा र नगरसभाको चुनावको परिणाम आएको ३० दिनभित्र जिल्ला सभाको पहिलो बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था छ ।
यस्तै सभाले एकजना प्रमुख, उपप्रमुख, तीन महिला र एक दलित तथा अल्पसंख्यक गरी बढीमा ९ सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्नेछ । यसरी बनेको जिल्ला समन्वय समितिले जिल्लासभाको तर्फबाट गर्नु पर्ने काम गर्नेछ ।
गाउँसभा र नगरसभाका सदस्यहरु जिल्ला समन्वयन समितिको प्रमुख, उपप्रमुख र सदस्य पदका उम्मेदवार हुनसक्छन् । र, पदको कार्यकाल ५ वर्षको हुनेछ ।
यसरी हेर्दा जिल्ला समन्वय सभाले हालको जिल्लाले गर्दै आएको कामहरु गर्ने छैन भन्न सकिन्छ ।
तर, प्रदेश सरकार अझै बनिसकेको छैन । स्थानीय तहले पनि संविधानले दिएको सबै अधिकार र काम गर्न सक्ने अवस्था छैन । त्यस्तो अवस्थामा जिल्लामा अब प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहन्छ कि रहँदैन ? भन्ने अन्योल देखिएको छ ।
तर, मुख्य सचिव सोमलाल सुवेदीले भने स्थानीय चुनाव भएलगतै जिल्ला संरचना नहटाउन नमिल्ने बताउँछन् । केन्द्र सरकारको काम विधिको शासन कायम गर्नु, अन्तराष्ट्रिय सम्वन्ध हेर्नु र आयश्रोतको समुचित बाँडफाँड भएको भन्दै उनले भने- ‘परराष्ट्र बाहेकको अरु काम त जिल्लामा रहन्छ । सीडीओ त रहनुपर्ला नि ?’
अहिले नै स्थानीय तहहरुले सबै काम गर्न नसक्ने भन्दै उनले भने, बजेट स्थानीय तहमा जान्छ र नजिकको सेवा केन्द्रहरुसँग कन्ट्राक्ट गरेर काम गर्छ, किनभने उसँग मान्छे छैन । त्यसैले समन्वयको काम भोलि पनि रहन्छ । केही फेजआउट हुँदै जान्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट, के भयाे छलफल ?
स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट, के भयाे छलफल ?
राष्ट्रिय वाणिज्य बैंकले शुरु गर्यो सहुलियत ऋण कार्यक्रम
राष्ट्रिय वाणिज्य बैंकले शुरु गर्यो सहुलियत ऋण कार्यक्रम
महानगरपालिकाको मुख्य चुनौती फोहोर र कुकुर
महानगरपालिकाको मुख्य चुनौती फोहोर र कुकुर
उद्योग विभागमार्फत नौ अर्ब १३ करोड बराबर लगानी स्वीकृत
उद्योग विभागमार्फत नौ अर्ब १३ करोड बराबर लगानी स्वीकृत
रातो टीका लगाएर परीक्षा हलमा प्रवेश गरिन शान्ता चौधरी
रातो टीका लगाएर परीक्षा हलमा प्रवेश गरिन शान्ता चौधरी
सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धिमा केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की
सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धिमा केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की
निष्पक्ष भूमिका निभाउँछु : सभामुख महरा
निष्पक्ष भूमिका निभाउँछु : सभामुख महरा
वाम गठबन्धनले जितेपछि अनिष्ट हुने भ्रम गलत : उपाध्यक्ष रावल
वाम गठबन्धनले जितेपछि अनिष्ट हुने भ्रम गलत : उपाध्यक्ष रावल
ओलीलाई प्रधानमन्त्रीकै सरह सुरक्षा, के थपियो ?
ओलीलाई प्रधानमन्त्रीकै सरह सुरक्षा, के थपियो ?
गुणस्तरीय खाद्यान्न उपलव्ध गराउने उद्देश्यसहित वर्ष दिन भित्रै काठमाडौँमा नेचर सुपरमार्केटको १० शाखा खुल्ने
गुणस्तरीय खाद्यान्न उपलव्ध गराउने उद्देश्यसहित वर्ष दिन भित्रै काठमाडौँमा नेचर सुपरमार्केटको १० शाखा खुल्ने

तपाईंले छुटाउनुभयो कि?