कार्यक्रम तथा बजेटलाई प्रभाबकारी रुपमा कार्यान्वायन गर्ने प्रदेश सरकारले नीति !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
४५ पटक हेरिएको
Shares
कार्यक्रम तथा बजेटलाई प्रभाबकारी रुपमा कार्यान्वायन गर्ने प्रदेश सरकारले नीति !

सारांश

  • हेटौडा, १५ भदाै ।
  • प्रदेश नं ३ सरकारले आ ब २०७५/२०७६ को नीति कार्यक्रम तथा बजेटलाइ प्रभावकारी रुपमा कार्यान्वायन गर्ने भएको छ ।
  • नेपालको संविधानले प्रदेश सरकारलाई दिएका अधिकार तथा कार्यजिम्मेवारिहरुको सन्दर्भमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देबकोटाको अध्यक्षतामा बसेको प्रदेशको सचिवस्तरीय नीतिगत परामर्श तथा समन्वय बैठकले उक्त निर्णय गरेको हो।

हेटौडा, १५ भदाै । प्रदेश नं ३ सरकारले आ ब २०७५/२०७६ को नीति कार्यक्रम तथा बजेटलाइ प्रभावकारी रुपमा कार्यान्वायन गर्ने भएको छ । नेपालको संविधानले प्रदेश सरकारलाई दिएका अधिकार तथा कार्यजिम्मेवारिहरुको सन्दर्भमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देबकोटाको अध्यक्षतामा बसेको प्रदेशको सचिवस्तरीय नीतिगत परामर्श तथा समन्वय बैठकले उक्त निर्णय गरेको हो।

बैठकमा प्रदेश सरकारले हालसम्म बनाएका नीति ,कानुन ,मापदण्ड र योजना कार्वान्वयन स्थितिको समेत समिक्षा हुनुका साथै प्रदेशका एकल तथा साझा अधिकार सुचिमा निहित कार्यबिस्त्रितिकरण प्रतिबेदन २०७३ ,प्रदेश सरकार (कार्य विभाजन ) नियमावली २०७४ ,प्रदेश सरकारको २०७५/२०७६ को नीति तथा कार्यक्रम ,बजेट बक्तब्य ,आदिका आधारमा प्रदेश सरकारले निर्माण गर्नुपर्ने नीति कानुन र मापदण्डलाई तिब्रता दिने निर्णय भएको हो। बैठकमा आवधिक योजना तर्जुमा सम्बन्धमा सरोकारवालाहरुसंग बृहत छलफल गरि सहभागितामुलक ढंगले योजना तर्जुमा गर्ने ,परियोजना बैंक स्थापना गर्ने ,आयोजनाहरुको प्रभावकारी अनुगमन गर्ने साथै दरबन्दी अनुसारका कर्मचारीहरुको पूर्ति गराउन पहल गर्ने जस्ता सुझाब आएको बताइएको छ।

बैठकमा आयोगका सदस्य श्याम कुमार बस्नेत लगायत प्रदेश प्रमुख सचिब आनन्दराज ढकाल ,लगायत मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिब रमेश शिवाकोटी ,आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब केशब प्रसाद भण्डारी ,आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब राजकुमार श्रेष्ठ ,उद्योग ,पर्यटन तथा बन मन्त्रालयका सचिब शिब कुमार वाग्ले ,प्रदेश ३ सचिवालय सचिब भरत बुढाथोकी ,भुमि व्यवथा कृषि तथा सहकारी मन्त्रालयका सचिब डा बिजयचन्द्र झा पूर्वाधार बिकास सचिब कौशल किशोर झा ,सामाजिक विकास सचिब दिर्घंनारायण पौडेल तथा आयोगका निमित्त सचिब आत्माराम सत्यालको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, कारोबार रकम  तीन अर्ब चार करोडभन्दा माथि
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, कारोबार रकम तीन अर्ब चार करोडभन्दा माथि
सिंगापुरमा रहेका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समार्फत गरे मन्त्रिपरिषद बैठकको अध्यक्षता
सिंगापुरमा रहेका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समार्फत गरे मन्त्रिपरिषद बैठकको अध्यक्षता
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
गोंगबुमा हत्या गरी शव टुक्रा पारेर फाल्ने कल्पनालाई आजीवन कारावासको सजाय, नाबालिक छोरीलाई सफाई
अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना
अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना
ऊनी धागो कारखानामा भीषण आगलागी
ऊनी धागो कारखानामा भीषण आगलागी
बाढीले डुबायो नवलपरासीको सिमावर्ती
बाढीले डुबायो नवलपरासीको सिमावर्ती
विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा
विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा
बालकोट हत्या प्रकरण: स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए
बालकोट हत्या प्रकरण: स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए
आइतबार सुनको भाउ ह्वात्तै बढ्यो, कतिमा हुदैछ कारोबार
आइतबार सुनको भाउ ह्वात्तै बढ्यो, कतिमा हुदैछ कारोबार