सन्जु पछि अब सर्किट बन्दै रणबीर, अरशद नाखुश
सारांश
- बलिउड अभिनेता अरशद वारसी हरेक पटक फरक फरक भूमिकामा देखिने गर्छन ।
- उनले सबैभन्दा चर्चा कमाएको पात्र मुन्ना भाईको सरकिट हो ।
- यतिबेला अरशद केही दुःखी छन् ।
बलिउड अभिनेता अरशद वारसी हरेक पटक फरक फरक भूमिकामा देखिने गर्छन । उनले सबैभन्दा चर्चा कमाएको पात्र मुन्ना भाईको सरकिट हो ।
यतिबेला अरशद केही दुःखी छन् । र लगातार सामाजिक सञ्जालमा ट्विट गरिरहेका छन् ।
खासमा राजकुमार हिरानी जो मुन्नाभाईको निर्देशक हुन र यसको तेस्रो भाग निकाल्ने क्रममा छन्, उनले सन्जु रिलिज भएपछि रणबीर कपूरसँग धेरै प्रभावित भएर अरशदको सट्टा रणबीरलाई सर्किटको रोलमा लिन सक्ने जनाएका छन् । अरशद दुःखी हुनुको कारण पनि यही हो ।
अरशदले एकैसाथ ७ ट्विट गर्दै आफ्नो आफ्नो रिस पोखेका छन् । उनले एउटा ट्विटमा भनेका छन् कि जसलाई तपाईँ सबैभन्दा धेरै दिन्छौ, उही खोस्न आउँछ ।
राजकुमार हिरानीले भने जस्तै यादि भयो भने अरशदको रिस जायज छ । साथै उनका फ्यानले पनि राजकुमार प्रति असन्तुष्टि व्यक्त गर्ने पनि पक्का छ ।
प्रतिक्रिया