छैठौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७४ मा यस्ता छन् ३७ विधाका उत्कृष्ट पाँच
सारांश
- काठमाडौं, २२ चैत ।
- रापती समाज काठमाडौंले हरेक वर्षझैं यस वर्ष पनि म्युजिक अवार्डका लागि विभिन्न विधाहरुमा उत्कृष्ट पाँच स्रष्टा कलाकारहरुलाई मनोनयनको प्रमाणपत्र वितरण गरेको छ ।
- “समाजले छैठौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड– २०७४” का लागि विभिन्न ३५ विधामा उत्कृष्ट पाँचलाई मनोनयनको प्रमाणपत्र वितरण गरेको हो ।
काठमाडौं, २२ चैत । रापती समाज काठमाडौंले हरेक वर्षझैं यस वर्ष पनि म्युजिक अवार्डका लागि विभिन्न विधाहरुमा उत्कृष्ट पाँच स्रष्टा कलाकारहरुलाई मनोनयनको प्रमाणपत्र वितरण गरेको छ । “समाजले छैठौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड– २०७४” का लागि विभिन्न ३५ विधामा उत्कृष्ट पाँचलाई मनोनयनको प्रमाणपत्र वितरण गरेको हो ।
पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य ओनसरी घर्तीमगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्तीबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य र प्रतिनिधिसभा सदस्यहरु टेकबहादुर बस्नेत, शान्ता चौधरी, सुजिता शाक्य, अनिता देवकोटा, मीना बुढा, कोमल वली लगायतलाई अभिनन्दन पनि गरिएको थियो ।
त्यसैगरी समाजले वर्षेनी प्रदान गर्दै आइरहेको नियमित सम्मान तथा पुरस्कारहरु पनि विभिन्न स्रस्टा कलाकारहरुलाई प्रदान गरेको छ । जस अन्तर्गत राप्ती साँस्कृतिक सम्मान बरिष्ठ लोकगायक तथा संकलक दामोदर बटुवा, लाल समुन्द्रा बहुप्रतिभा पुरस्कार संविधानविद, संगीतकार तथा गायक डा. भीमार्जुन आचार्य, राप्ती साँस्कृतिक प्रतिभा पुरस्कार गायक तथा संगीतकार बसन्त लम्साल, नारायण पाण्डे दोहोरी प्रतिभा पुरस्कार सन्दीप न्यौपाने र खुमा कसेरा राप्ती सामाजिक सम्मान संगीतकार सन्तोष श्रेष्ठलाई प्रदान गरिएको थियो ।
समाजले राप्तीबाट प्रतिनिधित्व गर्दै निजामती सेवामा प्रवेश गर्ने नयाँ अधिकृतहरुलाई पनि अभिनन्दन गरेको थियो । अभिनन्दित हुनेमा जगतबहादुर घर्ती, कुमारी रिमा मल्ल, बिष्णुप्रसाद पाण्डेय, चिन्तामणि रेग्मी, खेमबहादुर थापा, उमेश शर्मा, भानु पोख्रेल, श्यामकृष्ण आचार्य, अमरबहादुर वली, बालकृष्ण थापा, थमन खड्का, तेजकुमार ओली, विनोदकुमार गैरे, प्रमिला पौडेल गौतम, गोपाल ओली र जानकी भण्डारी रहेका छन् ।
समाजका अध्यक्ष शशि शर्मा मजगैंयाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समाजका महासचिव प्रवीणकुमार रेग्मी र कार्यक्रम संयोजक गोविन्दमधुर आचार्यले गरेका थिए । कार्यक्रममा सयौंको संख्यामा कलाकारहरुको उपस्थिति रहेको थियो । अवार्ड कार्यक्रम चैत्र ३० गते राष्ट्रिय नाचघर जमलमा एक भव्य समारोहका बीच आयोजना हुने आयोजकले बताएको छ ।
विभिन्न विधामा उत्कृष्ट पाँच मनोनयनहरु












प्रतिक्रिया