जीप दुर्घटनामा चालकको मृत्यु
सारांश
- काठमाडौं ।
- बजुराको खप्तडमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
- बजुरा छेडेदह गाउँपालिकाबाट सदरमुकाम मार्तडी आउँदै गरेको से१ज ५४३ नम्बरको जीप साँफे–मार्तडी सडकअन्तर्गत बुढीगंगा बल्देमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
काठमाडौं । बजुराको खप्तडमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बजुरा छेडेदह गाउँपालिकाबाट सदरमुकाम मार्तडी आउँदै गरेको से१ज ५४३ नम्बरको जीप साँफे–मार्तडी सडकअन्तर्गत बुढीगंगा बल्देमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
त्रिवेणी नगरपालिका–४ का ४० वर्षीय चालक धनबहादुर साउदको घटनास्थलमै मृत्यु भएको छ । जिपमा रहेका चालकका २२ वर्षीय छोरा नवराज साउद र खप्तड छेडेदह गाउँपालिका डोगडीका कुम्भ बुढा घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको अछामको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया