नाट्टामा दिपेन्द्र शर्मा र सिएन पाण्डेबीच प्रतिस्पर्धा हुने
सारांश
- काठमाडौं, पुस २४ ।
- नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)मा सर्वसम्मत नेतृत्व आउने सम्भावना टरेको छ ।
- नाट्टा निर्वाचन कार्यतालिकाअनुसार आइतबार दुईटा प्यानलको मनोनयन दर्ता भएपछि चुनाव हुने निश्चित भएको हो ।
काठमाडौं, पुस २४ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)मा सर्वसम्मत नेतृत्व आउने सम्भावना टरेको छ । नाट्टा निर्वाचन कार्यतालिकाअनुसार आइतबार दुईटा प्यानलको मनोनयन दर्ता भएपछि चुनाव हुने निश्चित भएको हो ।
आगामी जनवरी १२ मा हुन लागेको निर्वाचनका लागि बाम गठबन्धन र नेपाली कांग्रेस निकट निट नेपाल पक्षधरले नाट्टाका वर्तमान प्रथम उपाध्यक्ष सिएन पाण्डे नेतृत्वको संयुक्त प्यानल बनाएर मनोनयन दर्ता गरेसँगै वर्तमान द्धितीय उपाध्यक्ष दिपेन्द्र शर्मा घिमिरे नेतृत्वको अर्को प्यानलको पनि मनोनयन दर्ता भएको छ । योसँगै पाण्डे र घिमिरे प्यानलबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो ।
सिएन पाण्डे प्यानलबाट उपाध्यक्षमा अच्यूत गुरागाई द्धितीय उपाध्यक्षमा सुनिल शर्मा, महासचिव रमेश थापा, सचिवमा हरि भक्त श्रेष्ठ, कोषाध्यक्षमा राजकुमार थापा, सह–कोषाध्यक्षमा सुरेन्द्र भटराई तथा सदस्यहरुमा इन थापा, कुमार थपलिया, राजु ढकाल, फुरी शेर्पा, सुर्दशन नेपाल, रमेश पौड्याल, देवकी गुरुङ र रोमी श्रेष्ठको उम्मेद्धारी परेको छ ।
यता दिपेन्द्र कुमार शर्मा घिमिरेको प्यानलबाट भने प्रथम उपाध्यक्षमा चित्र बहादुर गुरुङ, द्धितीय उपाध्यक्षमा संगीता जिरेल, महासचिवमा विनय बस्नेत, सचिवमा सविता के.सि. भट्टराई कोषाध्यक्षमा राम श्रेष्ठ र सह–कोषाध्यक्षमा युवराज सुवेदी तथा सदस्यहरुमा अमृत कुमार ढकाल, रवि थापा, रघु परियार, सन्तोष क्षेत्री, डि.पि अर्याल (हरि), बेन्जु श्रेष्ठ (मुखिया), गीता ढकाल र विनोद कार्कीको मनोनयन दर्ता भएको छ ।
पर्यटन क्षेत्रमा लामो समयदेखि राज गर्दै आएका बाम गठबन्धन (माओवादी–एमालेसम्बद्ध व्यवसायीहरु) र लोकतान्त्रिक गठबन्धन (नेपाली कांग्रेसनिकट निटसम्बद्ध व्यवसायीहरु) बीच सहमति भएपछि नाट्टाको आगामी नेतृत्व सर्वसम्मत रुपमा आउने अनुमान गरिएको थियो र उम्मेद्धारी मनोनयन दर्ता गर्नु केही अगाडिसम्म पनि त्यस्तै चर्चा बजारमा थियो । यद्यपी, दाबी विरोधको समयसिमासम्म दुईटा प्यानलबीच सर्वसम्मत गर्ने सहमति जुट्ला कि ? त्यो भने हेर्न बाँकी छ ।
प्रतिक्रिया