आलेख : पर्यटक पर्खंदै तनहुँसुर

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ९, २०७६
|
|
३४ पटक हेरिएको
Shares
आलेख : पर्यटक पर्खंदै तनहुँसुर

सारांश

  • –कृष्ण न्यौपाने दमौली, ९ मङ्सिर ९रासस० ः सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ ।
  • सरकारको यो घोषणालाई मूर्त रुप दिन जिल्लास्तरमा विभिन्न समिति, उपसमिति पनि गठन गरिएका छन् ।
  • नेपालका विभिन्न ठाउँमा रहेका पर्यटकीय स्थलको प्रचारप्रसार र प्रबद्र्धन गरी धेरैभन्दा धेरै पर्यटक सन् २०२० मा भित्र्याउने सरकारको लक्ष्य हो ।

–कृष्ण न्यौपाने
दमौली, ९ मङ्सिर ९रासस० ः सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । सरकारको यो घोषणालाई मूर्त रुप दिन जिल्लास्तरमा विभिन्न समिति, उपसमिति पनि गठन गरिएका छन् । नेपालका विभिन्न ठाउँमा रहेका पर्यटकीय स्थलको प्रचारप्रसार र प्रबद्र्धन गरी धेरैभन्दा धेरै पर्यटक सन् २०२० मा भित्र्याउने सरकारको लक्ष्य हो ।

यो लक्ष्य पूरा गराउन जिल्लाको व्यास नगरपालिका–११ स्थित तनहुँसुरले पनि महत्वपूर्ण योगदान गर्न सक्ने देखिएको छ । प्रचुर पर्यटकीय सम्भावना बोकेको तनहुँसुरले पर्यटक पर्खिरहेको छ । प्रचारप्रसारको अभावमा ओझेलमा परेको यस ठाउँको पर्याप्त प्रचार गर्न सकिए तनहुँसुर पर्यटकीय गन्तव्यको रुपमा विकास हुनेमा स्थानीयवासी आशावादी छन् ।

तनहुँ जिल्लाको नाम तनहुँसुरवाट अपभ्रंस भएर रहेको भन्ने किम्वदन्ति छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्नो जेठो छोरो भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका ८ सेनवंशी राजाले २३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ ।

ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक रुपमा धनी भएर पनि यो क्षेत्र ओझेलमा परेको स्थानीयवासी वीरबहादुर राना बताउनुहुन्छ । “तनहुँसुरको आफ्नै छुट्टै महत्व र विशेषता छ तर, यस ठाउँ ओझेलमा पर्दै गएको छ,” राना भन्नुहुन्छ – “प्रचारप्रसार गर्न सकिए यस ठाउँ पर्यटकीय गन्तव्यको रुपमा विकसित हुनेमा द्विविधा छैन ।”

तनहुँसुरको सेनवंशी राजाको दरबार भग्न अवस्थामा छ । सेनवंशी राजाको समयमा न्याय निसाफ गर्न प्रयोग गर्ने गद्दीचौताराको पनि संरक्षण हुन नसकेको स्थानीयवासी रानाको गुनासो छ । “गद्दी चौतारामा बसेर राजाले भाषण गर्ने, निर्णय लिने र त्यसलाई जनताले कार्यान्वयन गर्ने चलन थियो भन्ने इतिहास छ,” रानाले भन्नुभयो ।

विसं २०२५ सम्म भरिभराउ रहेको तनहुँसुर अहिले भने उजाड जस्तै बनेको छ । यहाँका नेवार समुदायको हटिया अहिले रित्तिएको स्थानीयवासी बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार विकास र व्यापारको खोजीमा तनहुँसुरका नेवार समुदाय दमौली, चितवन, पोखरा, काठमाडौँ लगायतका ठाउँमा बसाइँ सरेर गएका छन् ।

तनहुँसुरबाट हिमशृङ्खला, महाभारत पर्वत शृङ्खला, कलेस्तीफाँट, चुँदीफाँट, गोरखा तथा कास्की जिल्लाका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ । पर्यटकीय सम्भावना बोकेको यस ठाउँको विकासका लागि व्यास नगरपालिकाले पहल थालेको वडाध्यक्ष निरबहादुर खड्काले जानकारी दिनुभयो ।

खड्काका अनुसार तनहुँसुरसम्म पुग्ने खड्गदेवी मोटरमार्गको स्तरोन्नतिलाई वडा कार्यालयले प्राथमिकतामा राखेर योजना अगाडि बढाएको छ । साथै यस ठाउँमा सहिद स्मृति पार्क समेत निर्माण गरिएको छ । विसं २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा यस ठाउँका ६ जना शहीद भएका थिए ।

तनहुँसुरमा सेनवंशी राजाको शासनकालमा सेनाले प्रयोग गरेको तोपको अवशेष, सेनवंशी राजाको समयको इनार, टुँडीखेल, कालिका मन्दिर, दरबार क्षेत्र आकर्षणका रुपमा रहेका छन् । साथै, तनहुँसुर दरबार, चण्डीथान, गद्दीचौतारा, साउने कुवा, राजाको पंधेरो, कुँडापानी, रानीपोखरी, धर्मशाला, भगवतीपानी मन्दिर पनि तनहुँसुरको आकर्षणको रुपमा रहेको छ ।

यस्तो छ इतिहास

सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले तनहुँसुरलाई आफ्नो राज्यमा मिलाएको तनहुँसुरबाट दमौली बसाइँ सरी आउनुभएका ८७ वर्षीय मोतीकुमार श्रेष्ठले आफ्नो पुस्तक ‘मोतीको माला’ मा उल्लेख गर्नुभएको छ । पुस्तकमा उल्लेख भए बमोजिम राजा मुकुन्दसेनको मरणोपरान्त तनहुँ प्रदेशका प्रशासक छोरा भृङ्गीसेनले तनहुँलाई स्वतन्त्र राज्य घोषणा गरेका थिए । भृङ्गीसेनका छोरा हम्बिर सेन र धर्माङ्गद सेनबीच तनहुँ राज्यको उत्तराधिकारी को हुने भन्ने विषयमा विवाद चलेको पुस्तकमा उल्लेख छ ।

पुस्तकमा उल्लेख भए अनुसार उक्त विवादमा दलभञ्ज्याङका रणभञ्जन थापाले सहयोग गरेकाले राजा हम्बिर सेनले भाइ धर्माङ्गद सेनलाई तनहुँको राजगद्दीबाट हटाएका थिए । राजा हम्बिर सेनले भाइ धर्माङ्गद सेनलाई तनहुँको राजा तँ न हो भनेकाले तनहुँ र भाइ धर्माङ्गद सेनले ल म जुङ्ग भनेकाले लमजुङ नाम बन्न गएको किंवदन्ति रहेको छ ।

तनहुँसुरका अन्तिम राजा हरकुमारदत्त सेन र लमजुङका राजा वीरमर्दन शाह मनाङ, मुस्ताङ, पर्वत र पाल्पाको बाटो हुँदै तनहुँको शासनभार त्यागेर तनहुँको विरासत राज्य रामनगरमा पुगेर विश्राम लिएको श्रेष्ठले पुस्तकमा उल्लेख गर्नुभएको छ । “तनहुँसुरको इतिहास चिन्नेहरुले तनहुँसुर कालिका मन्दिर र सेनवंशीय राजाको दरबार दुवै एउटै भवन थियो भनेर सहजै अनुमान गर्छन्, वास्तविकता पनि त्यही थियो,” श्रेष्ठले भन्नुभयो – “हाल सेनवंशीय राजदरबार जीर्ण भएर भत्किसकेको अवस्थामा छ । दरबारको भग्नावशेष अहिले पनि यत्रतत्र भेटिन्छ ।”

तनहुँसुर विशेषतः नेवार र मगरहरुको बस्ती बसेको स्थान हो । तनहुँसुरका प्रशासक भृङ्गीसेनले मणिमुकुन्द सेनको मरणोपरान्त तनहुँसुरमा स्वतन्त्र ठकु¥याइँ स्थापना गरेको र त्यही बेलादेखि हिन्दु संस्कृति परम्परा अनुसार तनहुँ कालिकामाईको पूजाआजा र बलि दिने परम्परातको शुरुआत भएको भनाइ छ । तनहुँसुर दरबारमा सरकारी तवरबाट बडादशै र चैतेदशैंमा दुर्गोत्सव पर्व धुमधामका साथ मनाउने परम्परा अहिले पनि कायम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तर्राष्ट्रिय रियालिटी शो “भ्वाइस अफ नेपाल” डिशहोमको रमाइलो टेलिभिजनमा
अन्तर्राष्ट्रिय रियालिटी शो “भ्वाइस अफ नेपाल” डिशहोमको रमाइलो टेलिभिजनमा
२४ करोड बढीको रङ्गशालाको शिलान्यास गरे सभामुख महराले
२४ करोड बढीको रङ्गशालाको शिलान्यास गरे सभामुख महराले
प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न एमालेको आग्रह, तत्काल मन्त्री फिर्ता नबोलाउने
प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न एमालेको आग्रह, तत्काल मन्त्री फिर्ता नबोलाउने
एमाले दलको नेतामा शाह सर्वसम्मत चयन
एमाले दलको नेतामा शाह सर्वसम्मत चयन
काठमाडौं–निजगढ द्रूतमार्ग निर्माण तोकिएकै समयमा सम्पन्न हुने
काठमाडौं–निजगढ द्रूतमार्ग निर्माण तोकिएकै समयमा सम्पन्न हुने
महिलामाथि लाठी प्रहार गर्ने प्रहरी निरीक्षकमाथि छानविन सुरु
महिलामाथि लाठी प्रहार गर्ने प्रहरी निरीक्षकमाथि छानविन सुरु
कांग्रेस सभापतिहरुको भेलामा ट्रम्प र किमको चर्चा
कांग्रेस सभापतिहरुको भेलामा ट्रम्प र किमको चर्चा
राष्ट्रिय सभासम्बन्धी विवाद टुंगियो : माघ २४ गते राष्ट्रियसभाको निर्वाचन
राष्ट्रिय सभासम्बन्धी विवाद टुंगियो : माघ २४ गते राष्ट्रियसभाको निर्वाचन
सुदुरपश्चिममा लकडाउन थप सशक्त हुनेछः मुख्यमन्त्री भट्ट
सुदुरपश्चिममा लकडाउन थप सशक्त हुनेछः मुख्यमन्त्री भट्ट
रघुगङ्गा गाउँपालिकामा काँग्रेसका भण्डारी विजयी
रघुगङ्गा गाउँपालिकामा काँग्रेसका भण्डारी विजयी