६÷६ महिना दुई देशको अधिनमा रहने टापु तर किन यस्तो नियम ?
सारांश
- फ्रान्स र स्पेनले एउटा टापु् बीच यस्तो लेनदेन गरिरहेका जुन सुन्दा हामीलाई अनौठो लाग्न सक्छ ।
- हामी त्यस्तो टापुको कुरा गर्दैछौँ जुन ६ महिना फ्रान्स र ६ महिना स्पेनको स्वामित्वमा रहने गर्छ ।
- गएको फेब्रुअरी एकमा त्यो टापु फ्रान्सले स्पेनलाई सुम्पियो ।
फ्रान्स र स्पेनले एउटा टापु् बीच यस्तो लेनदेन गरिरहेका जुन सुन्दा हामीलाई अनौठो लाग्न सक्छ । हामी त्यस्तो टापुको कुरा गर्दैछौँ जुन ६ महिना फ्रान्स र ६ महिना स्पेनको स्वामित्वमा रहने गर्छ । गएको फेब्रुअरी एकमा त्यो टापु फ्रान्सले स्पेनलाई सुम्पियो । अबको ६ महिना पछि फेरी त्यो टापु फ्रान्सको अधिनमा आउने छ । फ्रान्स र स्पेनको स्वामित्वमा ६, ६ महिना रहने सो टापुको नाम हो फेजेन्ट टापु । पछिल्लो साढे तीन सय वर्ष देखि यो टापु दुई देशबीच आदानप्रदान हुँदै आइरहेको छ ।
प्रत्येक वर्ष फेब्रुअरी १ देखि जुलाई एक सम्म सो टापु स्पेनको र अगष्ट १ देखि जनवरी ३१ सम्म फ्रान्सको स्वामित्वमा रहने गर्छ । ६, ६ महिना दुई देशको अधिनमा रहने सो टापुको लम्बाई २ सय मिटर र चौडाई ४० मीटर रहेको छ । टापु दुबै देशको सीमा क्षेत्रबाट ५० मिटर टाढा रहेको जलक्षेत्रको बीचमा पर्दछ । टापुमा दुई देशका जलसैनिक बाहेक अरुलाई जान पनि निषेध छ । तर कहिलेकाहीँ मनाइने सम्पदा खुल्ला दिवसमा यो टापुमा भ्रमण गर्नका लागि सर्वसाधारणलाई पनि अनुमति दिइन्छ ।
यो टापुमा धेरै शाही विवाहहरु तथा कैदी आदानप्रदान समारोहहरु पनि सम्पन्न भैसकेका छन् । सन् १६५९ मा फ्रान्स र स्पेनबीचको तिन वर्षे युद्ध अन्त्य भएर पाइरेनिजको सन्धी भए सँगै यो टापु साझा स्वामित्वमा परेको हो । सोही समयदेखि यहाँ ६,६ महिने शासन लागू हुँदै आएको छ ।
प्रतिक्रिया