जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ९ घाइते

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १४, २०७५
|
|
२१ पटक हेरिएको
Shares
जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ९ घाइते

सारांश

  • डोटी,  १४ जेठ।
  • डाेटिमा साेमबार जीप दुर्घटना भएकाे छ ।
  • बोगटान गाउँपालिका वडा नम्बर ६ गगुडाको पलाडीमा जीप दुर्घटना हुँदा ४ जना यात्रुको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

डोटी,  १४ जेठ। डाेटिमा साेमबार जीप दुर्घटना भएकाे छ ।

बोगटान गाउँपालिका वडा नम्बर ६ गगुडाको पलाडीमा जीप दुर्घटना हुँदा ४ जना यात्रुको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

दिपायलबाट गगुडा तर्फ यात्रु बोकेर जाँदै गरेको से १ ज ८७७ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।

मृत्यु हुनेमा चालक रामबहादुर बिक, साहु भगत द्धारिया र इन्नरी रावल रहेका छन् । एक जना मृतक महिलाको भने सनाखत भएको छैन् ।

स्थानीय का अनुसार दुर्घटनाग्रस्त जीप सडकबाट करिब एक सय मिटर तल खेसेको थियो । स्थानीय बासिन्दा उद्धारमा जुटेका छन् भने प्रहरी घटनास्थलमा पुगेका छैनन् ।

जिप दुर्घटना हुदा चालकको मृत्यु

सुर्खेतको राकम देखि बोटेचौर जाँदै गरेको भे १ ज ८५२ नम्बरको नानीबाबू जिप गुर्भाकोट नगरपालिका ३ जुम्लेभिर नजिकै आइतबार राती अन्दाजी ९ बजेको समयमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेचालक सुर्खेत बोटेचौर दयाचौर घर भएका अन्दाजी २५ वर्षका सुमन बि क रहेका छन । आइतबार राती राकम बाट छुटेको जिप बोटेचौर नपुगे पछि बिहान जिप मालिकले खोजिकार्य गर्दा दिउँसो ३ बजे उक्त जिप जुम्लेभिर खसेको र चालकको मृत्यु भैसकेको अन्य यात्रु नभएको ट्राफिक प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?