सुरभी बनिन् मिस नेपाल युएसए २०१९

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ५, २०७६
|
|
२६ पटक हेरिएको
Shares
सुरभी बनिन् मिस नेपाल युएसए २०१९

सारांश

  • अमेरिकाको नेब्रास्कामा आयोजित मिस नेपाल युएसएको सातौ संस्करणमा भर्जिनियाकी सुरभी खनाल विजेता बनेकी छिन् ।
  • गत अक्टोबर १२ मा ओमाहा शहरको रेलेभेन्ट सेन्टरमा सम्पन्न प्रतियोगितामा सुरभीले मिस युएसए २०१९ को ताज जितेकी हुन् ।
  • प्रतियोगितामा उनले मिस फोटोजेनिक र ब्यूटी वीदआउट लिमिटको टाइटल पनि जितेकी थिइन् ।

अमेरिकाको नेब्रास्कामा आयोजित मिस नेपाल युएसएको सातौ संस्करणमा भर्जिनियाकी सुरभी खनाल विजेता बनेकी छिन् । गत अक्टोबर १२ मा ओमाहा शहरको रेलेभेन्ट सेन्टरमा सम्पन्न प्रतियोगितामा सुरभीले मिस युएसए २०१९ को ताज जितेकी हुन् ।

प्रतियोगितामा उनले मिस फोटोजेनिक र ब्यूटी वीदआउट लिमिटको टाइटल पनि जितेकी थिइन् । सुरभी आरएनआर ग्रुपको सदस्य समेत हुन् । काठमाडौँमा जन्मिएकी उनी ३ वर्षको उमेरमै अमेरिका पुगेकी थिइन् । उत्तरी भर्जिनियामा बस्ने उनी इमोरी विश्वविद्यालयमा अध्ययन गरिरहेकी छिन् ।

यसै गरि प्रतियोगितामा टेक्ससकी रिमा शर्माले प्रथम उपबिजेता तथा सिकागो की मेघा रौनियारले द्वितीय उप बिजेताको साथै मिस ट्यालेन्टको उपाधि हात पारे । मिस नेपाल युएसए २०१९ नेब्रास्का नेपाली समाज र मिस नेपाल युएसएको सहकार्यमा आयोजना भएको हो । कार्यक्रममा नेब्रास्काका गभर्नर प्रमुख अतिथि रहेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?