प्रधानमन्त्रीका लागि ४० करोडमा निवास बनाइने

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २९, २०७६
|
|
४३ पटक हेरिएको
Shares
प्रधानमन्त्रीका लागि ४० करोडमा निवास बनाइने

सारांश

  • प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ ।
  • बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ ।
  • एउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्को भवनमा भेटघाट र बैठक कक्ष हुनेछन् ।

प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ । बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ । एउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्को भवनमा भेटघाट र बैठक कक्ष हुनेछन् । नयाँ संरचना बनाउन ४० करोड लगानी हुनेछ । सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणका लागि बुधबार बोलपत्र आह्वान गर्दै छ । चालू आर्थिक वर्षदेखि नै भवन निर्माण सुरु गरिनेछ । भवनको आर्किटेक्चर डिजाइन आजु डिजाइन कम्पनीले गरेको छ भने स्ट्रक्चर डिजाइन क्राफ्ट डिजाइन कम्पनीले गरेको छ । सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले नेपाली परम्परागत शैलीमा भवन निर्माणको तयारी गरेको बताए ।

‘हालको प्रधानमन्त्री निवासमा भूकम्पले क्षति पुर्याएको तथा क्षेत्रफल पनि साँघुरो भएकाले गत पुसमै मन्त्रिपरिषद् बैठकले नयाँ निवास निर्माण गर्ने निर्णय गरेको थियो,’ मन्त्री राईले भने, ‘मन्त्रिपरिषद्को निर्णयअनुसार विभागले भवन निर्माणको तयारी गरेको छ ।’

दुईवटा भवन निर्माण गरिने
प्रधानमन्त्रीनिवासका लागि दुईवटा भवन निर्माण गरिनेछ । एउटा भवन प्रधानमन्त्रीको निजी प्रयोजनका लागि र अर्को सार्वजनिक प्रयोजनका लागि निर्माण गर्न लागिएको हो । निजी भवन प्रधानमन्त्रीको व्यक्तिगत प्रयोजनका लागि हुनेछ भने ‘पब्लिक’ भवन राजनीतिक–कूटनीतिक संवाद तथा सर्वसाधारणसँग भेटघाटमा प्रयोग गरिनेछ । निवास दुई चरणमा निर्माण गरिनेछ । निजी भवन निर्माण सकेपछि मात्रै ‘पब्लिक’ भवन निर्माण गरिनेछ ।

चोक शैलीमा बनाइँदै पब्लिक भवन
प्रधानमन्त्रीनिवासमा बनाइने पब्लिक भवन चोक शैली (कन्ट्रीयार्ड कन्सेप्ट)मा बनाइने भएको छ । करिब हजार स्क्वायर मिटर अर्थात् दुई रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको यो भवनमा नेपाली संस्कृति र परम्परागत शैली झल्किनेछ । भवन तीन तलाको हुनेछ ।

पूर्वतर्फ फर्काएर बनाइने भवनको भुइँतलामा विभिन्न प्रयोजनका लागि १४ युनिट हुनेछन् । भुइँतला विशेषगरी अति विशिष्ट व्यक्तित्वसँगको भेटघाटका लागि छुट्याइनेछ । जहाँ भव्य क्याबिनेट हल हुनेछ । मन्त्रीहरूसँगको भेटघाट यही हलमा हुनेछ । आपत्कालीन समयमा मन्त्रिषरिषद्को बैठकका लागि पनि प्रयोग गर्न सकिनेछ ।

त्यस्तै, ४० जना बसेर खान मिल्ने डाइनिङ हल र एउटा भान्सा निर्माण गरिनेछ । एउटा सञ्चार कोठा बनाइनेछ जहाँ बसेर प्रधानमन्त्रीले मिडिया प्रयोग गर्नेछन् । त्यस्तै, सुरक्षाकर्मीका लागि कन्ट्रोल रुम, गोप्य लाउन्ज, हाउस किपिङ, वेटिङ एरिया, एडिसी कार्यालय र प्रधानमन्त्रीको कार्यकक्ष यही तलामा हुनेछ ।

पहिलो तलामा विभिन्न प्रयोजनका लागि नौ युनिट बनाइनेछ । यो तला विशेषगरी सार्वसाधारणसँग भेटघाटका लागि प्रयोग गरिनेछ । जहाँ भोजभतेरका लागि ब्याङ्क्वेट हल हुनेछ । एउटा गिफ्ट ग्यालरी हुनेछ, प्रधानमन्त्रीले विभिन्न संस्था, व्यक्ति र देशबाट पाएका उपहार यही कक्षमा सजाइनेछ । यो तलामा दुई प्रतीक्षा कक्ष हुनेछन् । त्यस्तै, एउटा होल्डिङ हल हुनेछ जहाँ प्रतीक्षा कक्षबाट प्रधानमन्त्रीलाई भेट्ने कक्षसम्म जाने आगन्तुकलाई ‘होल्ड’ गराइनेछ । पिए रुम पनि यही तलामा हुनेछ । सैलुन, डाक्टर रुम, डेन्टल रुम, भान्सा र भान्साको सामान राख्ने रुमलगायत संरचना निर्माण गरिनेछ ।

भवनको माथिल्लो अर्थात् तेस्रो तला प्रधानमन्त्रीको व्यक्तिगत प्रयोगका लागि छुट्याइएको छ । जहाँ विभिन्न प्रयोजनका लागि १२ युनिट बनाइनेछ । जस्तै, प्रधानमन्त्री कार्यालय, पुस्तकालय, बगैँचा, स्टुडियो, लबीलगायत संरचना हुनेछन् ।

यो भवनको बीचमा चोक हुनेछ । भवनको बीचमा नेपाली परम्परागत शैलीको चोक हुनेछ । चोकमा नेपालको विभिन्न संस्कृति झल्कने कला राखिनेछन् । त्यस्तै नेपालका मुख्य धरोहरको नमुनासमेत निर्माण गरिनेछ । नयाँ पत्रिकाबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

के गैंडा बोकेर चीन जाँदैछन प्रधानमन्त्री ओली ?
के गैंडा बोकेर चीन जाँदैछन प्रधानमन्त्री ओली ?
प्रदेश ३ को राजधानी काभ्रे सार्न माग
प्रदेश ३ को राजधानी काभ्रे सार्न माग
तोलामा ४०० ले बढ्यो सुनको मूल्य
तोलामा ४०० ले बढ्यो सुनको मूल्य
बिपी राजमार्ग : अस्थायी ‘ट्रयाक’ खुल्यो, शनिबारदेखि सवारी आवतजावत
बिपी राजमार्ग : अस्थायी ‘ट्रयाक’ खुल्यो, शनिबारदेखि सवारी आवतजावत
क्यानडा जान रोकिएका उपकुलपति प्राडा कोइरालामाथि आरोपहरु थपिँदै
क्यानडा जान रोकिएका उपकुलपति प्राडा कोइरालामाथि आरोपहरु थपिँदै
काँग्रेस संसदीय दलको नेता निर्वाचनका लागि मतदाता नामावली प्रकाशन
काँग्रेस संसदीय दलको नेता निर्वाचनका लागि मतदाता नामावली प्रकाशन
दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु
दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु
गलत मान्छेसंग संगत पनि गर्दिन,त्यस्ता मान्छे भए छाड्दिन पनि: प्रहरी नायव उपरिक्षक ज्ञवाली
गलत मान्छेसंग संगत पनि गर्दिन,त्यस्ता मान्छे भए छाड्दिन पनि: प्रहरी नायव उपरिक्षक ज्ञवाली
बराह नगरपालिकामा ८८ करोड ६३ लाखमा सर्प दशको औषधि उत्पादन गरिने ।
बराह नगरपालिकामा ८८ करोड ६३ लाखमा सर्प दशको औषधि उत्पादन गरिने ।
विदेशबाट आएका ६२ नेपालीलाई क्वारेन्टाइनमा पुर्याइयो
विदेशबाट आएका ६२ नेपालीलाई क्वारेन्टाइनमा पुर्याइयो