जी–ट्वान्टी सम्मेलनमा अमेरिका र चीनबीचको व्यापार युद्ध केन्द्रमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १४, २०७५
|
|
२३ पटक हेरिएको
Shares
जी–ट्वान्टी सम्मेलनमा अमेरिका र चीनबीचको व्यापार युद्ध केन्द्रमा

सारांश

  • काठमाडौं, १४ मंसिर ।
  • विश्वका मजबुत अर्थतन्त्र भएका २० राष्ट्र सहभागी जी–ट्वान्टी सम्मेलन अर्जेन्टिनाकोे ब्रुनो एरिसमा आज सुरु हुँदैछ ।
  • सम्मेलनका क्रममा मुख्य अर्थतन्त्र भएका दुई मुलुक अमेरिका र चीनका राष्ट्रपतिबीचको भेटलाई केन्द्रविन्दुमा राखिएको छ ।

काठमाडौं, १४ मंसिर । विश्वका मजबुत अर्थतन्त्र भएका २० राष्ट्र सहभागी जी–ट्वान्टी सम्मेलन अर्जेन्टिनाकोे ब्रुनो एरिसमा आज सुरु हुँदैछ । सम्मेलनका क्रममा मुख्य अर्थतन्त्र भएका दुई मुलुक अमेरिका र चीनका राष्ट्रपतिबीचको भेटलाई केन्द्रविन्दुमा राखिएको छ ।

अमेरिका र चीनबीच जारी ब्यापार युद्धको अन्त्यका लागि दुई नेताबीचको भेटलाई महत्वपूर्ण मानिएको छ । दुई मुलुकबीचको व्यापार सम्झौतालाई पुन सही दिशा दिन भेट सफल हुने आशा गरिएको बीबीसीले उल्लेख गरेको छ । राष्ट्रपति ट्रम्पले केही दिन अघि मात्रै २ सय अर्ब अमेरिकी डलरको चिनियाँ सामाग्री माथि करवृद्धिको योजना सार्वजनिक गरेका थिए ।

दुई मुलुकले गत जुलाई देखि एकअर्काको आयात माथि कर लगाउने निर्णय गरेका थिए । ट्रम्पले गत महिना चीनसँग भईरहेको वार्ताको माध्यमबाट समझदारीमा पुग्न सक्ने बताएका थिए । जी–२० सम्मेलनमा सहभागी हुन अमेरिका र चीन सहित, भारत, जापान, फ्रान्स, रुस, जर्मन, टर्की, अष्ट्रेलिया, ब्राजिल, ईटाली, साउदी अरेबिया लगायत मुलुकका कार्यकारी प्रमुख अर्जेन्टिना पुगेका हुन् ।

अफगानिस्तानको काबुलमा भएको आक्रमणमा ११ जना नेपाली घाइते
काठमाडौं, १४ मंसिर । अफगानिस्तानको काबुलमा बुधबार भएको आक्रमण परी ११ जना नेपाली घाइते भएका छन् ।

अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले बुधबार भएको आक्रमणमा ११ नेपाली र पाँच बेलायती नागरिक घाइते भएको पुष्टी गरेको हो । उनीहरू कार्यरत रहेको बेलायती सुरक्षासम्बन्धी कम्पनी जीफोरएसले घटनामा परेका व्यक्तिका परिवारलाई जानकारी गराएको छ ।

बुधबार जीफोरएसको कार्यालय परिसरमा विद्रोही समुह तालिवानको आक्रमणमा परि चार विदेशीसहित कम्तीमा १० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली र दाहाल स्याङ्जा, बाग्लुङ र पर्वत जाने
ओली र दाहाल स्याङ्जा, बाग्लुङ र पर्वत जाने
गैँडा उद्धारका लागि हात्ती सहितको टोली परिचालन
गैँडा उद्धारका लागि हात्ती सहितको टोली परिचालन
बर्दिया क्षेत्र नम्बर १ मा वाममा बामदेव बलिया, प्रदेशसभा ‘क’ मा पनि वाम अगाडि
बर्दिया क्षेत्र नम्बर १ मा वाममा बामदेव बलिया, प्रदेशसभा ‘क’ मा पनि वाम अगाडि
निर्माणाधीन ल्याण्डफिल साइटबारे संसदीय समितिको परामर्श
निर्माणाधीन ल्याण्डफिल साइटबारे संसदीय समितिको परामर्श
कपिल शर्मालाई पुत्री लाभ
कपिल शर्मालाई पुत्री लाभ
कोरोनाविरुद्धको खोप परीक्षण तेस्रो चरणमा पुग्यो, कस्ले मार्ला बाजी ?
कोरोनाविरुद्धको खोप परीक्षण तेस्रो चरणमा पुग्यो, कस्ले मार्ला बाजी ?
सल्यानि गाएक नेत्र भण्डारीकाे ‘फुलबुट्टे चाेली’ बजारमा
सल्यानि गाएक नेत्र भण्डारीकाे ‘फुलबुट्टे चाेली’ बजारमा
प्रधानमन्त्री ओलीलाई शान्ति विश्वविद्यालयद्वारा मानार्थ विद्यावारिधिको उपाधि !
प्रधानमन्त्री ओलीलाई शान्ति विश्वविद्यालयद्वारा मानार्थ विद्यावारिधिको उपाधि !
आजै मुख्यमन्त्रीको भागबन्डा गर्ने तयारीका साथ कार्यदल बैठक सुरु
आजै मुख्यमन्त्रीको भागबन्डा गर्ने तयारीका साथ कार्यदल बैठक सुरु
बूढीगण्डकी जलविद्युत् आयोजना रद्द गरेपछि बेइजिङमा बेचैनी !
बूढीगण्डकी जलविद्युत् आयोजना रद्द गरेपछि बेइजिङमा बेचैनी !

तपाईंले छुटाउनुभयो कि?