ओली र दाहाल स्याङ्जा, बाग्लुङ र पर्वत जाने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ३०, २०७४
|
|
१८ पटक हेरिएको
Shares
ओली र दाहाल स्याङ्जा, बाग्लुङ र पर्वत जाने

सारांश

  • काठमाडौं, ३० कार्तिक।
  • नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी–केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बिहीबार स्याङ्जा, बाग्लुङ र पर्वत जिल्लामा आयोजना हुने चार वटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।
  • अध्यक्षद्वय ओली र दाहालले स्याङ्जाको पुतलीबजार, वालिङ, बाग्लुङको गल्कोट र पर्वतको कुस्मामा आयोजित संयुक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेको केन्द्रिय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले बताएका छन् ।

काठमाडौं, ३० कार्तिक। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी–केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बिहीबार स्याङ्जा, बाग्लुङ र पर्वत जिल्लामा आयोजना हुने चार वटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

अध्यक्षद्वय ओली र दाहालले स्याङ्जाको पुतलीबजार, वालिङ, बाग्लुङको गल्कोट र पर्वतको कुस्मामा आयोजित संयुक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेको केन्द्रिय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले बताएका छन् ।

‘सत्ता र पदीय हैसियतको चरम दुरुपयोग गर्दै स्याङ्जामा मतदाता प्रभावित पार्न रचिएका चक्रब्यूह तोड्नका लागि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले वालिङ र पुतलीबजारमा आयोजित दुई चुनावी सभालाई सम्बोधन गर्न लाग्नुभएको हो’ विज्ञप्तिमा भनिएको छ ‘उहाँहरुले आममतदाताको मनोवल माथि उठाउन सम्वोधनको क्रममा अपिल गर्नुहुनेछ। साथै, सरकारी निकायबाट हुनसक्ने धाँधलीबारे पनि जनतालाई सचेत गराउने कार्यक्रम रहेको छ।

यसअघि अध्यक्षद्वय ओली र दाहालले बुधबार गोरखा र लमजुङमा आयोजित पाँचवटा चुनावी सभालाई सम्वोधन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?