नेपालको १०० रन पूरा, क्रिजमा सागर र आरिफ

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १३, २०७५
|
|
३१ पटक हेरिएको
Shares
नेपालको १०० रन पूरा, क्रिजमा सागर र आरिफ

सारांश

  • काठमाडौं, १३ भदाै ।
  • एसिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत ओमनविरुद्ध नेपालले १०० रन पूरा गरेको छ ।
  • नेपालले ३२.

काठमाडौं, १३ भदाै । एसिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत ओमनविरुद्ध नेपालले १०० रन पूरा गरेको छ । नेपालले ३२.३ ओभरमा ४ विकेटको क्षतिमा सय रन पूरा गरेको हो । नेपालका लागि सागर पुन २१ रन र आरिफ शेख १३ रनमा खेलिरहेका छन् । यसअघि २२.४ ओभरमा ८० रन बनाउँदा नेपालले चौथो विकेट गुमाएको थियो । चौथो विकेटको रुपमा दीपेन्द्रसिंह ऐरी ९ रनमा आउटका थिए । त्यस्तै, नेपालले १७ ओभरको अन्तिम बलमा ज्ञानेन्द्र मल्ललाई तेस्रो विकेटको रुपमा गुमाएको थियो । उनले ६० बलमा ६ चौका र १ छक्काको मद्दतमा ४५ रन बनाएर आउट भएका थिए ।

१५.५ ओभरमा नेपालले ५६ रन बनाउँदा दोस्रो विकेटको रुपमा कप्तान पारस खड्कालाई ८ रनमा गुमाएको थियो । नेपालको पहिलो विकेटको रुपमा सुवास खकुरेल ४ रन आउट भएका थिए ।

नेपाल र ओमनबीचको खेल मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा नेपाल ओमनलाई पराजित गर्दै छनोट प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ ।

प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमन, युएई, सिंगापुर र हङकङ रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लालबावु लाइ लालबावुकाे जवाफ: प्रेदश सरकारले निर्माण गरेको कुनैपनि ऐन लागू हुँदैनन् !
लालबावु लाइ लालबावुकाे जवाफ: प्रेदश सरकारले निर्माण गरेको कुनैपनि ऐन लागू हुँदैनन् !
चार हजार २४७ भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हट्यो
चार हजार २४७ भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हट्यो
स्याङ्जा–२ मा एमालेकी पद्मकुमारी विजयी
स्याङ्जा–२ मा एमालेकी पद्मकुमारी विजयी
कांग्रेस पदाधिकारी बैठक २ बजे, महाधिवेशन कार्यतालिका परिवर्तनबारे छलफल
कांग्रेस पदाधिकारी बैठक २ बजे, महाधिवेशन कार्यतालिका परिवर्तनबारे छलफल
शनिबार चक्रपथको कोटेश्वर–कलंकी खण्ड विस्तारको काम सकिने
शनिबार चक्रपथको कोटेश्वर–कलंकी खण्ड विस्तारको काम सकिने
फेरि पहिरोले रोक्यो नारायणगढ मुग्लिन सडक
यी हुन् साढे ५ अर्बको ठेक्का लिने काम नगर्ने पप्पु कन्ट्रक्सनका मालिक !
यी हुन् साढे ५ अर्बको ठेक्का लिने काम नगर्ने पप्पु कन्ट्रक्सनका मालिक !
ट्रम्पसँग वार्ता गर्न उत्तर कोरियाली नेता किम भियतनाममा
ट्रम्पसँग वार्ता गर्न उत्तर कोरियाली नेता किम भियतनाममा
वायु प्रदूषण कम गर्न नागरिक समाज सञ्जाल गठन
वायु प्रदूषण कम गर्न नागरिक समाज सञ्जाल गठन
बुटवलमा जीप दुर्घटना : तीनको मृत्यु, एक जनाको अवस्था गम्भीर
बुटवलमा जीप दुर्घटना : तीनको मृत्यु, एक जनाको अवस्था गम्भीर

तपाईंले छुटाउनुभयो कि?