जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा आगजनी

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण ६, २०८०
|
|
३९ पटक हेरिएको
Shares
जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा आगजनी

सारांश

  • जुम्ला ।
  • जुम्लाको गुठीचौर गाउँपालिकामा अज्ञात समूहद्वारा सात घरमा आगजनी गरेका छन् ।
  • गुठीचौर–४ स्थित विभिन्न गाउँका सात घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले जानकारी दिए ।

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकामा अज्ञात समूहद्वारा सात घरमा आगजनी गरेका छन् । गुठीचौर–४ स्थित विभिन्न गाउँका सात घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले जानकारी दिए ।

उनका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडान्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, डाँडाबाडा गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीका घरमा अज्ञात समूहबाट आगलागी भएको छ ।

धिता र देपाल गाउँमा पनि यस्तो घटना भएको जनाइएको छ । सो समूहले सडकमा रोकिराखिएको ट्र्याक्टरमा समेत आगो लगाएको छ । सबैभन्दा धेरै बाउली गाउँका कविदत्तको घरमा क्षति भएको वडाध्यक्ष टीकादत्तले बताए ।

आगो लागेको घरमा समयमै थाहा पाउँदा अधिकांश घर क्षति हुनबाट जोगिएका छन् । आगो लगाइएको कुरा थाहा पाउने बित्तिकै जिल्लाबाट प्रहरीको टोली खटाएको जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए ।

उनले भने, ‘विभिन्न गाउँका घरमा आगो लगाइएको थाहा पाउने बित्तिकै प्रहरी घटना स्थलमै खटाएका छौ । के कति क्षति भएको छ भन्ने विवरण सङ्कलन भइरहेको छ ।’ प्रहरीलाई घटनाको जानकारी गए राति ११ बजेतिर आएको थियो । आगजनीबाट घरमा आंशिक क्षति भएका छन् ।

प्रहरीले विशेष अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीको भनाइ छ । गुठीचौरमा दिनदिनै घटना बढ्ने क्रममा रहेकाले सुरक्षा चुनौती थपिएको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सङ्घीयताको सुखद अनुभूत: बागमती प्रदेशका सरकारी अस्पतालमै विशिष्टीकृत र सहुलियतपूर्ण उपचार सेवा
सङ्घीयताको सुखद अनुभूत: बागमती प्रदेशका सरकारी अस्पतालमै विशिष्टीकृत र सहुलियतपूर्ण उपचार सेवा
बढ्दै ट्रेजरी बिलको दायित्व, तिर्ने वा नवीकरण गर्ने भन्नेमा अन्योल
बढ्दै ट्रेजरी बिलको दायित्व, तिर्ने वा नवीकरण गर्ने भन्नेमा अन्योल
शनिबार विहान ११ बजे बस्नेगरि नेकपा स्थायी कमिटी बैठक स्थगित्
शनिबार विहान ११ बजे बस्नेगरि नेकपा स्थायी कमिटी बैठक स्थगित्
त्रियुगा नगरपालिकाका कार्यकारी सदस्य तथा एमाले नेता वान्तवाको मृत्यु
त्रियुगा नगरपालिकाका कार्यकारी सदस्य तथा एमाले नेता वान्तवाको मृत्यु
सभामुख महरा, राप्ती समाज कोरिया र कतारबाट दिलबहादुरलाई साढे ३ लाख
सभामुख महरा, राप्ती समाज कोरिया र कतारबाट दिलबहादुरलाई साढे ३ लाख
अब विमानस्थल सुरक्षाको जिम्मा रोबोटलाई
अब विमानस्थल सुरक्षाको जिम्मा रोबोटलाई
‘राष्ट्रियसभा निर्वाचन : गण्डकीमा सत्तासाझेदार दललाई सहज’
‘राष्ट्रियसभा निर्वाचन : गण्डकीमा सत्तासाझेदार दललाई सहज’
राप्रपा राष्ट्रिय अध्यक्षमा डा लोहनी
राप्रपा राष्ट्रिय अध्यक्षमा डा लोहनी
पत्रकारितालाई मर्यादित बनाउन आचार संहिताको पालना आवश्यक
पत्रकारितालाई मर्यादित बनाउन आचार संहिताको पालना आवश्यक
बिदाई भेटमा अमेरिकी राजदूत टेप्लिजले गृहमन्त्री बादलसँग के भनिन् ?
बिदाई भेटमा अमेरिकी राजदूत टेप्लिजले गृहमन्त्री बादलसँग के भनिन् ?