दुई हजार ५ सय लिटर डिजेल चोरी, यी हाकिम शंकाकाे घेरामा

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ८, २०७५
|
|
३५ पटक हेरिएको
Shares
दुई हजार ५ सय लिटर डिजेल चोरी, यी हाकिम शंकाकाे घेरामा

सारांश

  • मोरङ, ८ मंसिर ।
  • भारतबाट पेट्रोलिय पदार्थ ढुवानी गर्दा बाटोबाटै इन्धन चोरी हुने क्रम नरोकिएपछि नेपाल आयल निगमले छ महिनाअघि ट्यांकरमा आधुनिक लक स्टिक जडान गरेको थियो ।
  • लक स्टिक जडानपछि धेरैलाई लागेको थियो, इन्धन चोरी रोकिने छ ।

मोरङ, ८ मंसिर । भारतबाट पेट्रोलिय पदार्थ ढुवानी गर्दा बाटोबाटै इन्धन चोरी हुने क्रम नरोकिएपछि नेपाल आयल निगमले छ महिनाअघि ट्यांकरमा आधुनिक लक स्टिक जडान गरेको थियो । लक स्टिक जडानपछि धेरैलाई लागेको थियो, इन्धन चोरी रोकिने छ ।  तर, आधुनिक लक सिस्टम जडान हुँदा पनि इन्धन चोरी भइरहेको पाइएको छ ।

भारतीय आयल कर्पोरेशनको बरौनी डिपोबाट अत्याधुनिक चाबी र सिलसहित विराटनगर स्थित नेपाल आयल निगमको प्रादेशिक डिपोमा ल्याइएको ट्यांकरबाट करिब २ हजार ५ सय लिटर डिजेल चोरी भएको भएको खुलेपछि यस्तो तथ्य सतहमा आएको हो । इन्धन भर्ने र खन्याउने दुई स्थान मात्र रहने अत्याधुनिक लकिङ प्रणाली जडान गरिएको को १ ख ५९६५ नम्बरको ट्याङकरबाट दुई हजार ५ सय लिटर डिजेल चोरी भएको हो । बिहीवार साँझ बरौनीबाट विराटनगस्थित आयल निगमको प्रादेशिक डिपोका लागि डिजल बोकेर आएको को १ ख ५९६५ नम्बरको ट्यांकर नापजाँच गर्दा ८३ सेन्टिमिटर -करिब २५०० लि.) डिजेल बाटैबाट गायब भएको पाइएको छ । तेल चोरी भएको ट्याङ्करको लक सिस्टम तोडिएको थिएन् । विराटनगरमा तेल खन्याउने क्रममा नापजाँच गर्दा लक लगाएकै ट्यांकरबाट करिब २५ लिटर डिजेल कम भेटिएपछि चोरीको घटना बाहिरिएको हो ।

२० हजार लिटर क्षमताको ट्यांकर व्यवसायी सुकदेव सिंहले आफू र आफन्तको नाममा ३० भन्दा बढी ट्याङकर सञ्चालन गरिरहेका छन् । नेपाल आयल निगमकै सक्रियतामा कतै पनि खोल्न नमिल्ने गरी प्रत्येक ट्यांकरमा आधुनिक लकिङ सिस्टम जडान गरिएको छ । उक्त सिस्टममा लगाइएको ताला खोल्ने दुईवटा चाबीमध्ये एउटा चाबी भारतीय आयल कर्पोरेशनको बरौनी डिपो र अर्को विराटनगरस्थित नेपाल आयल निगमको प्रदेश कार्यालय प्रमुख दिनेशकुमार यादवको निगरानीमा हुन्छ । तर तेल चोरी भएको ट्याङकरको लकिङ सिस्टम नफुटाई चोरी भएको पाइएपछि प्रादेशिक प्रमुख यादवकै संलग्नताको आशंका गरिएको छ । तर, प्रदेशिक प्रमुख यादव आफूलाई लागेको आरोप मान्न तयार छैनन् । भारतबाटै कम तेल आएको उनको दाबी छ । ‘हामीले चालक र ढुवानीकर्तालाई कारवाही गरेका छौं’, उनले भने, ‘नापजाँच गर्दा तेल कम भेटिएपछि कारवाही गरिएको हो ।’

उनले ट्याङ्कर चालकलाई छ महिना र ट्याङकरलाई तीन महिना तेल ढुवानी गर्न नमिल्ने गरी निलम्बन गरिएको बताए । ‘अलिकति कम आएको हो, पूरै उता राखेको होइन’, उनले भने ‘ २४-२५ सय लिटर जति कम आएको हो ।’ चोरिएको तेलको दुईगुणा रकम जरिवानास्वरुप आयल निगमको खातामा जम्मा गर्न लगाएको बताउँदै उनले भारतीय चालक धर्मेन्द्र स्वर्णकारलाई ६ महिना निलम्बन गरिएको बताए । पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष गुणराज निरौला आधुनिक लकिङ प्रणाली जडान गरिएका ट्यांकरबाट इन्धन चोरी गर्नु असम्भव हुने बताउँछन् । निरौलाका अनुसार ट्यांकर व्यवसायीहरुकै खर्चमा भारु ८५ हजार गोटाका दरले आधुनिक लकिङ सिस्टम जडान गरिएको हो । विराटनगरमा आधुनिक लक सिस्टम जडान गरिएका ४ सय ट्याङकरहरु छन् ।

छानविन समिति गठन

बिहीबार भएको चोरीको घटना प्रदेश प्रमुख यादवले कार्यलयभित्र नै मिलाउन खोजेका थिए । तर, शुक्रवार बिहान आयल निगम केन्द्रीय कार्यालयमा सूचना पुगेपछि घटना बाहिरिएको हो । आधुनकि लक सिस्टम भएको ट्यांकरबाट तेल चोरी गर्न सम्भव छैन् । यादवकै निगरानीमा रहने चाबी उनकै योजनामा बाहिर लगिएको हुनसक्ने आशंकामा निगमले छानविन समिति गठन गरेको छ ।

तेल चोरी प्रकरणमा प्रदेश निर्देशक यादवको संलग्नताबारे छानविन गर्न तीन सदस्यीय छानविन समिति गठन गरिएको हो । निगमको केन्द्रीय कार्यालय स्रोतका अनुसार, अन्जना पोखरेलको नेतृत्वमा गठन गरेको छानविन समितिले शुक्रबारबाटै काम थालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिण अफ्रिकाको कारण सत्ता त्याग्नु परेको मुगाबेको दावी
दक्षिण अफ्रिकाको कारण सत्ता त्याग्नु परेको मुगाबेको दावी
राजपासँग मिल्ने भयो एमाले, भित्रभित्रै यस्तो तयारी
राजपासँग मिल्ने भयो एमाले, भित्रभित्रै यस्तो तयारी
The Ugly Real truth About Foreign Dating At TopInternationalDatingSites. com
फेरी गयो भूकम्प ! साना साना परकम्प जाने क्रम जारी…
फेरी गयो भूकम्प ! साना साना परकम्प जाने क्रम जारी…
वाम गठबन्धनको नेतृत्वमा बन्ने नयाँ सरकारले आर्थिक क्रान्ति गर्ने : अध्यक्ष ढकाल
वाम गठबन्धनको नेतृत्वमा बन्ने नयाँ सरकारले आर्थिक क्रान्ति गर्ने : अध्यक्ष ढकाल
नेपालमा मैले सोचेको कम्युनिष्ट र मैले पाएको कम्युनिष्ट
नेपालमा मैले सोचेको कम्युनिष्ट र मैले पाएको कम्युनिष्ट
जनयुद्धका महत्वपूर्ण एजेण्डा पूरा भएका छन् – कृष्णबहादुर महरा
जनयुद्धका महत्वपूर्ण एजेण्डा पूरा भएका छन् – कृष्णबहादुर महरा
अमेरिकी दूतावासअघि भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै युवाहरु(फोटोफिचर)
अमेरिकी दूतावासअघि भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै युवाहरु(फोटोफिचर)
बलिउड संगीतकार रिमीको नेपालीलाई नेपालि सांगीतिक कोशेली
बलिउड संगीतकार रिमीको नेपालीलाई नेपालि सांगीतिक कोशेली
बुटवलको चुनावी रौनकः कांग्रेस–माओवादी एकातिर, एमाले एक्लै
बुटवलको चुनावी रौनकः कांग्रेस–माओवादी एकातिर, एमाले एक्लै

तपाईंले छुटाउनुभयो कि?