जुम्लामा नुन डिपोमा तोडफोड

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १, २०८०
|
|
२० पटक हेरिएको
Shares
जुम्लामा नुन डिपोमा तोडफोड

सारांश

  • जुम्ला ।
  • जुम्लामा सहजरूपमा नुन उपलब्ध नभएको भन्दै आइतबार डिपोमा उपभोक्ताले तोडफोड गरेका छन् ।
  • नुनका लागि लाइनमा लागेका जुम्लाका स्थानीयवासीले डिपोमा ढुङ्गामुढा गरेको नेपाल साल्ट ट्रेडिङ कार्यालय जुम्लाका प्रमुख खगेन्द्रबहादुर मल्लले जानकारी दिए ।

जुम्ला । जुम्लामा सहजरूपमा नुन उपलब्ध नभएको भन्दै आइतबार डिपोमा उपभोक्ताले तोडफोड गरेका छन् ।

नुनका लागि लाइनमा लागेका जुम्लाका स्थानीयवासीले डिपोमा ढुङ्गामुढा गरेको नेपाल साल्ट ट्रेडिङ कार्यालय जुम्लाका प्रमुख खगेन्द्रबहादुर मल्लले जानकारी दिए । “नुन वितरण भइरहेको समयमा ढुङ्गामुढा हुँदा डिपो कार्यालयमा क्षति भएको छ”, कार्यालय प्रमुख मल्लले भने, “म सिञ्जामा नुन वितरण गर्न गएको थिएँ, हिजो आइतबार सदरमुकामको डिपोमा अन्य कर्मचारीले नुन बाँडिरहेको समयमा तोडफोड हुँदा कार्यालयको मुख्य ढोकामा क्षति भएको छ ।

उनका अनुसार नुन कम भएकाले यसअघि तीन प्याकेटका दरले वितरण गर्ने गरिएको थियो । यसपटक भने एउटा व्यक्तिलाई पाँच प्याकेटका दरले वितरण गरिएको कार्यालय प्रमुख मल्लको भनाइ छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले कार्यालयले नुन बाँडिरहेको समयमा अपुग भएपछि केही व्यक्तिले ढङ्गामुढा गरेको जानकारी दिए । अब नुन वितरण वडाबाटै गर्ने गरी चाँडै काम अगाडि बढाइएको उनको भनाइ छ ।

गत वर्ष जुम्लाका लागि दुई हजार पाँच सय क्विन्टल नुन स्वीकृत भए पनि भर्खरै मात्र दुई हजार ८० क्विन्टल नुन थप भएकाले कार्यालयमा नुनको अभाव नभएको नेपाल साल्ट ट्रेडिङ कार्यालय जुम्लाले जनाएको छ । यहाँको सिञ्जा क्षेत्रमा पर्ने तीन स्थानीय तहका लागि नराकोटमा नुनको उपशाखा कार्यालय स्थापना गरी नुन वितरण भइरहेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भैली खेल्ने क्रममा गाडी रोक्दा एक महिलाको ज्यान गयाे !
भैली खेल्ने क्रममा गाडी रोक्दा एक महिलाको ज्यान गयाे !
Akshay Kumar is seen with his gang in the new poster of ‘Gold’
Akshay Kumar is seen with his gang in the new poster of ‘Gold’
३४ वर्षपछि एमालेबाट ‘सन्यास’: छोरा रास्वपा उम्मेदवार बनेपछि रामचन्द्र उप्रेतीले छाडे पार्टी
३४ वर्षपछि एमालेबाट ‘सन्यास’: छोरा रास्वपा उम्मेदवार बनेपछि रामचन्द्र उप्रेतीले छाडे पार्टी
यस्ता छन् एमाले केन्द्रीय कमिटी बैठकका निर्णय
यस्ता छन् एमाले केन्द्रीय कमिटी बैठकका निर्णय
जापानमा बौद्ध धर्मको प्रचार गर्दै रोबोट
जापानमा बौद्ध धर्मको प्रचार गर्दै रोबोट
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
प्रधानन्यायाधीश जबराद्वारा सपथ ग्रहण
प्रधानन्यायाधीश जबराद्वारा सपथ ग्रहण
निर्वाचन आयोगद्धारा कल सेन्टरको शुभारम्भ, निशुल्क प्रश्न सोध्न सकिनेर दिने व्यवस्था
निर्वाचन आयोगद्धारा कल सेन्टरको शुभारम्भ, निशुल्क प्रश्न सोध्न सकिनेर दिने व्यवस्था
हुण्डीको विकल्पमा वीच्याटबाट यसरी बाहिरिन थाल्यो पैसा
हुण्डीको विकल्पमा वीच्याटबाट यसरी बाहिरिन थाल्यो पैसा
आइतबार कस्तो रहला देशभरको मौसम?
आइतबार कस्तो रहला देशभरको मौसम?

तपाईंले छुटाउनुभयो कि?